Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

गीतकार लक्ष्मी सुवेदीको एकल रचनामा रहेको "मेरो कथा" गीति एल्वम बजारमा आउंदै !


  राकेश काफ्ले, आगोपाटी डटकम                           
नेपाली भाषी भूटानी युवा गीतकार लक्ष्मी सुवेदीका एकल शब्द/रचनाहरूमा अनि ख्यातिप्राप्त गायकहरूको सुमधुर आवाजमा विभिन्न भावमा संग्रहित "मेरो कथा" गीतहरूको सङ्गारलो एल्वम चाँडै आउने जानकारी प्राप्त भएको छ ।हाल अमेरिकाको आइअोवा राज्यको राजधानी डिमोइन शहरमा बस्दै अाउनु भएका युवा गीतकार लक्ष्मी सुवेदी,कृष्ण सुवेदी र तारादेवी सुवेदीका कोखबाट भूटानमा जन्मिनु भएको हो ।
१९९२ सालमा भूटानबाट जबरजस्ती सपरिवार देश निकाला गरिएका सुवेदी दुई दशक लामो शरणार्थी जीवन विताएर अमेरिका पुनरबास हुनु भएको हो । शिक्षा तर्फ स्नातक हासिल सुवेदी मिलनसार, सहनिशल निष्ठावान र मेधावी छात्रका रूपमा कहलिनु भएको थियो । जीवनमा सामाजिक तथा परिवारिक गरी विभिन्न संघर्षशिल कथा भोग्नु भएका सुवेदीले विगतका अनुभूतिहरूलाई शब्दमा कैद गर्दै मेरो कथा गीति एल्बम प्रकाशन गर्न लाग्नु भएको हो । उक्त एल्बममा आठ समसामयिक आधुनिक गीतहरू रहेको गीतकार लक्ष्मी सुवेदीले बताउनु भयो । एल्बम प्रकाशनमा गीतकार पत्नी छली नेपाल सुवेदीले लगानी गर्नु भएको छ ।  (१) तिमीमात्रै आउँछौ किन संझानामा सधै भरि....(२) वर्षौ बित्यो आँसु  झार्दै मेरो जिन्दगानी...(३) देशमा शान्ति छाएन सास फेर्ने कहिले गरिबले.... नामक गीतहरूमा संगीत साधना संगीतकार/गायक कर्म ग्याल्छनले गर्नु भएको हो भने स्वर पनि वहाँकै रहेको छ । ती गीतहरूमा संगीत संयोजन नर्बू शेर्पाले गर्नु भएको छ । (४) गाइने दाईको सारड्गीले मेरै कथा बोल्यो...नामक गीतमा संगीत अबिरल साइलाको रहेको छ भने संगीत संयोजन नर्बू शेर्पाको छ । यस गीतमा आवाज भने थोप्तेन भोटियाको रहेको छ । (५) जीवनमा सब थोक ठानेको थिएँ तिमीलाई...नामक गीतमा नेपाली भाषी भूटानीहरूका प्रथम गायक प्रताप सुब्बाको संगीत/स्वर रहेको छ भने संगीत संयोजन पावन लामाले गर्नु भएको छ। (६) यता माया गाँसी उता रमाएर गयौ तिमी.....नामक गीतमा हालकी चर्चित गायिका मेलिना राइको स्वर रहेको छ भने संगीत बि.पाण्डे र संगीत संयोजक कमल सौरागको रहेको छ । (७) फूल जस्तै नबिझाउने मान्छे भए कति जाति...नामक गीतमा महेश शिवाको स्वर रहेको छ भने संगीत अबिरल साइला अनि संगीत संयोजन नर्बू शेर्पाको रहेको छ । (८) जिन्दगी यो सागरबिच छालहरु तर्दैछु म....नामक गीतमा कृष्ण काफ्लेको स्वर रहेको छ भने संगीत दिपक शर्मा अनि संगीत संयोजन उदय पौड्यालको रहेको छ ।  "शरणार्थीका रूपमा तेस्रो देश पुगेका युवाहरूले निजिरूपमा चाैतर्फी बिकाश गरिरहेका छन । भूटानीहरूको साहित्य,संगीत र समाज जता पनि माहोल मर्दैछ दिनदिनै तर पनि निजिरूपमा अत्यान्त धेरै प्रतिभाहरू आइरहेका छन्। त्यसो भएको हुनाले भविष्यमा डायसपोरामा रहेका भूटानीहरूको साहित्य, संगीत र समाजमा प्रतिनिधि माहोल निर्माण हुने विषयमा आसावादी हुन सकिन्छ ।"  लेखनको क्षेत्रमा सानैदेखि मेधावी प्रमाणित युवा गीतकार लक्ष्मी सुवेदीको यो प्रथम एकल गीति एल्वम हो।क्षमता र विद्वता हुँदा हुँदै पनि शरणार्थी शिविरमा कैद भएका शरणार्थी युवाहरू पुनरबास कार्यक्रमसँगसँगै संसारका विभिन्न कुनामा डायसोरा नामको भूटान लिएर भूगोलभरि उभिइरहेका पाइन्छन्। त्यसो त  सन १९८०को दशकमा भूटानको तानाशाही रातन्त्रले नेपाली मूलका नागरिकका विरूद्धमा अख्तियार गरेको जातिय सफाय नीतिको सिकाएर भएर सन १९८८देखि १९९३ सालसम्म भूटानमबाट लखेटिएका नेपाली मूलका भूटानी नागरिकहरूले नेपालका पुर्वी झापा र मोरङका सात शरणार्थी शिबिरहरूमा २० वर्षसम्म घरदेश जाने सपनामा सुनाैलो भाग्यको कल्पना संगाल्दा पनि केही सिपार नलागेपछि नेपालमा रहेका भूटानी शरणार्थीहरूलाई तेस्रो देश पुनरबास गराएपछि शरणार्थीहरूले विभिन्न पक्षमा चमत्कार नै देखाएको विज्ञहरू बताउँछन ।    
       सुरप्रभा गीत संगीत प्रा.लि ले बजारमा ल्याउन लागेको गीतकार लक्ष्मी सुवेदीको "मेरो कथा" गीति एल्वमले सफलताको शिखर चुमोस्,अग्रिम शुभकामना।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget