Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

राजधानी र पोखरामा अब लोडसेडिङ नहुने ।

       
 काठमाडौ । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी कुलमान घिसिङले काठमाडौं, पोखरा लगायत पहाडी जिल्लामा अब कहिल्यै लोडसेडिङ नहुने बताएका छन्। ‘काठमाडौं र पोखरामा अब कहिल्यै लोडसेडिङ गर्न नपर्ने अवस्थामा हामी आइपुगेका छौं,’ घिसिङले  भने, ‘अब हाम्रो ध्यान तराईका सहरमा पनि लोडसेडिङ हटाउनमा केन्द्रित छ ।
           ’  यसअघि केही पूर्वाधार बनाउन समस्या हुने देखिएकाले घोषणा गर्न नसकेकामा अब ती पूर्वाधार बनिसकेको घिसिङले जानकारी दिए।   ‘कुलेखानी–स्युचाटार लाइन चार्ज गर्ने, चपली, नयाँ ट्रान्फर्मर राख्ने, बानेश्वर र स्युचाटारको ट्रान्सफर्मर अपग्रेड गर्ने काम समयमै सकिएको छ,’ घिसिङले भने, ‘उता ढल्केबरमा डबल लाइनमा स्विचिङ मिलाउनुपर्ने थियो।
                रातारात काम गरेर हामीले त्यो स्विचिङ गरेका छौं। यसले काठमाडौंको चिन्ता हटाएको छ।’    अहिले नदीमा पानीको बहाव न्यूनतम विन्दुमा पुगिसकेकाले अब पानी घटेपछि लोडसेडिङ हुन्छ कि भन्ने अवस्था नरहेको उनले बताए। ‘बरु कुनै आयोजनामा समस्या भयो भने बिजुली आपूर्तिमा समस्या हुन सक्छ,’ घिसिङले भने, ‘आपतकालीन अवस्थाबाहेक काठमाडौं र पोखरालाई उज्यालो राख्न अब समस्या छैन।’काठमाडौ र पोखरा बाहेक सबै सहरमा लोडसेडिङ नगर्ने विषयमा हामी केन्द्रित छौं।’ भैरहवामा ट्रान्सफर्मर ओभरलोड भएका कारण लोडसेडिङ धेरै गर्नुपरेको उनले बताए।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget