चर्तित र्याप यमबुद्धको यसरी गरियो अन्त्येष्टि ।
भोला अधिकारी
काठमाडौं १६,माघ । चर्तित र्याप गायक यमबुद्ध अनिल अधिकारी को शव शनिबार नेपाल ल्याएर पुशपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । इत्तेहाद एयरको विमानबाट उनको शव काठमाडौं ल्याइएको थियो । परिवारको पहलमा उनको शव शनिबार काठमाडौं ल्याइएर पशुपति आर्यघामा दाहसत्कार गरिको छ ।
शवयात्रासहित उनको शवलाई प्रज्ञा भवन कमलादीमा लगेर अन्तिम श्रद्धान्जलीका लागि राखिएको थियो । त्यहाँको अवस्था पनि शोकाकुल रहृयो । उनको शव राखिएको कफन बाकस देख्नासाथ उन्का आफन्त ,शुभचिन्तक भावविहृवल भएका थिए ।
छोराको शव देख्नासाथ उनकी आमा मुर्छित भएकी थिइन् भने धेरैका आँखा रसाएका थिए ।