दिन भरि किन पर्खिए चौतारीमा अजितले गौरीलाई ( भिडियो सहित )
काठमाडौ १८,माघ । चर्चित लोक गायक भोजराज काफ्ले र गीता देवीको स्वरमा “दिन भरि चौतारीमा ” बोलको गीतको भिडियो सार्वजनिक भएको छ । भोजराज काफ्ले कै शब्द ,लय रहेको उत्त गीत विभिन्न सञ्चार माध्यमबाट सार्वजनिक गरिएको हो ।
सागर गौतमको छायाँङ्कन रहेको उत्त भिडियोमा अजित अधिकारी र गौरी नेगीले अभिनय गरेका छन् । केहि म्युजिक भिडियोमा देखा पर्दै आएका अजित यस भिडियो मार्फत आफुलाई मोडलिङमा जम्ने संकेत देखाएका छन् ।
माया प्रेमको बारेमा उत्त गीत बनेको छ । आफ्नी प्रेमिकालाई चौतारीमा दिन भरि कुरेको तर नआए पछि निराष भएको घर फर्कनु परेको पिडालाई देसाउन खोजिएको अजितले बताए । यस गीत राम्रो रहेको र आफुले खेलेको अजितको भनाई छ । भोजराज काफ्ले कै निर्देशनमा बनेको म्युजिक भिडियो फुलबारी म्युजिकले बजार ब्यवस्थापन गरेका छ ।https://www.youtube.com/watch?v=JDjPERcug0o