
अशोककुमार प्यसीको स्वरमा रहेको छाड्नु रैछ तिमिले बोलको गितमा अभिनय गरेका पौडेलले यस भिडियो मा गितको भाब सङ्गै डुबेर अभिनय गरेको बताए।मोड्ल प्रमिला कार्की सङ्ग अन्स्क्रीन रोमान्स गरेका पौडेल सङ्गै युबराज आचार्य र दीपेन्द्र कार्की को समेत अभिनय हेर्न पाइनेछ।कृष्ण पौडेल द्वारा निर्देशित यो भिडियो धनराज श्रेष्ठको छायांकन रहेको छ भने सन्जु राउतले निर्माण गरेका हुन।
गायक तथा सङ्गितकार शिव थापा मगरको सङ्गीत रहेको यस गितमा सिन्धुलीको रमणीय दृश्यलाई कैद गरिएको छ। उदयपुर कटारिको युके एफएम मा प्रबन्धक निर्देशक पदमा कार्यरत पौडेल मन देखि नै अभिनय गर्ने इच्छा र यस क्षेत्रमा केही गरौ भन्ने उदेश्यले लागेको स्पष्ट बताउँछन् ।मेरो अभिनयमा साथिभाइ ,घरपरिवार र शुभचिन्तकको प्रेरणामा यो क्षेत्रमा होमिएको बताउँछन् मोडल तथा सन्चारकर्मी अस्मित पौडेल ।