काठमाडौं । अव बाथ ज्वरोका कारण मुटुको भल्ब बिग्रिएका बिरामीको उपचार निशुल्क हुने भएको छ । सहिद गंगालाल राष्ट्रिय हुदयरोग केन्द्रको २१औं बाषिर्कोत्सवको अवसरमा हिजो स्वास्थ्यमन्त्री गगन थापाले भने, फागुन १ गतेदेखि मुटुको भल्बको सम्पूर्ण शल्यक्रिया निशुल्क हुने छ।
घाँटीको संक्रमण र बाथ ज्वरोका कारण भल्बमा असर पुगेर पूर्णरुपमा फेर्नु पर्ने हुन्छ । महंगो उपचारका कारण रोग पहिचान भएर पनि शल्यक्रिया वा भल्ब फेर्न नसक्दा थुप्रैको अल्पायूमै ज्यान जो गरेको छ ।
खर्चको अभावमा कसैको मृत्यु नहोस भनेर स्वास्थ्यमन्त्रीले यो रोगको निशुल्क उपचारको घोषणा गरेका हुन् ।