भोला अधिकारी
मोरङ २१,पुष । पूर्व को लोकप्रिय एबम सफल टेलीभिजन सिरियल बन्दै गएको छ “दोबाटे”, हास्य विधाको यो कार्यक्रम ले सबैको मन जितेको र निकै कलाकार पूर्वमा स्थापित गराएको छ ।यस सिरियलमा हरेन्द्र खत्री , मनोज न्यौपाने , बोधराज पुरुष , सागर कट्टेल , कल्पना पाण्डे , रुबिना गहतराज , ट्युनिशा ढकाल म टंक पौडेल लगायतले अभिनय गरेका छन् ।
कलाकारीता र मनोरंजन को थलो काठमाडौँ मात्र सोच्ने हरु लाई अब पूर्व बाट दोबाटे हास्य टेलिशृंखला ले चुनौती दिदै अगाडी बढ्दै छ । हिमशिखर टेलिभिजन बाट बिहिबार बेलुका ८ स् ३० बजे प्रसारण हुने हास्य टेलि शृंखला को १०४ औ भाग पनि प्रसारण भै सकेको छ । सिमित श्रोत र साधन को बाबजुत पनि यो शृंखला मोफसल बाहिर रहेर निरन्तर १०४ भाग सम्म पुग्नु कम चुनौती पूर्ण हैन । चुनबैतीलाई सामना गर्दै १०५ भाग प्रदर्शन हुर्दैछ ।
सिरियलका निर्देशक हरेन्द्र खत्रीले बताए । हामी निरन्तर राम्रो कार्यक्रमलाई उत्कृष्ट पार्न तल्लिन छौ उन्ले थप्दै भने , दोबाटे सिरियललाई मोफसलमा मात्र होइन,राजधानी र देश बिदेशमा नि रुचाउन थालिएको कलाकार मनेज न्यौपानेले बताए । https://www.youtube.com/watch?v=3_s26w4Q4a8&t=68s