जिग्री र पाँडेले दृष्टिविहिनका घर बनाईदिने घोषणा ।
काठमाडौ १३,माघ । हाँस्य कलाकार कुमार कट्टेल ‘जीग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ले सामाजिक सेवाका लागि आफूले कमाएको ५ प्रतिशत र बाषिर्क १० वटा कार्यक्रम गर्ने घोषणा गरेका छन् । सीताराम कट्टेल “धुर्मस”का भाई समेत र्हेका कुमार दाईको जस्तै समामाकि सेवामा लागेका हुन् ।
आफ्नो कमाइका अलवा जीग्री पाँडे प्रतिष्ठानले बाषिर्क १० वटा कार्यक्रम गरेर सामाजिक कामका लागि सहयोग संकलन गर्ने उद्देश्य राखेको प्रतिष्ठानले बताएको छ ।सामाजिक कामका लागि स्थापना गरिएको जीग्री पाँडे प्रतिष्ठानले अहिले सप्तरीको गम्हरिया ४, प्रवाहका दृष्टिविहिन ३ परिवारका लागि घर बनाउने घोषणा गरेको छ ।
युवा सामाजिक अभियान्ता रमेश प्रसाद शाहको पहल र सप्तरी युथ नेपालको संयोजनमा उक्त ठाउँमा पुग्दा त्यहाँको दुरावस्थाले आफुहरुलाई केहि गर्नुपर्छ भन्ने भावना उत्पन्न भएको उनीहरुको भनाई छ । सप्तरीका त्यी तीन परिवारमा १७ जना सदस्य छन् ।
३० लाख रुपैँया अनुमानित लागतमा निर्माण हुने उक्त घर बालमैत्री, अपांगमैत्री र धुँवारहित बनाइने जीग्री पाँडे प्रतिष्ठानले जनाएको छ । यसैबीच, धुर्मुस सुन्तलीले देखाएको बाटोमा आफुहरु पनि हिँड्ने जीग्री पाँडेले बताएका छन् ।