Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

सञ्जय लामा गोलेको “सलल बग्ने रोशी खोला ” सार्वजनिक (भिडियोसहित )


 काठमाडौ । गायक सञ्जय लामा गोलेको सलल बग्ने रोशी खोला यतिबेला सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । एल्बम डोल्मोमा समावेश गीत सलल बग्ने रोशी खोलालाई गायक लामाले स्वरवद्ध गरेका छन् । तामाङ सेलो शैलीको तामाङको संस्कार–संस्कृतिलाई अवलम्बन गर्दै गायकले अनुपम लय भरेका छन् । अस्तित्व र पहिचानलाई नै प्रतिविम्बित गरेको लामाको गीतले भाषा धर्म संस्कृतिको पहिचान बनाएको छ ।

किन र कुन हिसाबले तामाङ सेलोको अस्तित्व र महत्वलाई कायम राख्न गायक लामाको सा०गितिक क्षेत्रको लागि यो बस एक खुडिु्कलो मात्र हो । आफ्नो अमुल्य संस्कार–संस्कृतिलाई जोगाउन गायक लामाले गीतसंगीतको माध्यम रोजेका छन् ।

स्मृती पाख्रिनको शब्द रचनामा रहेको गीतलाई बब्बीराजले संयोजन गरेका हुन् गीतलाई अनुपम संगितमा ढालेका छन् गायक सञ्जय लामाले । लामा आफैँ पनि गीतको भिडियोमा देखा परेका छन् । अभिनयमा साथ दिएका डोल्मो, प्रदीप र तेन्जीङले दमदार अभिनय पस्केका छन् ।

नेपाली सांगितिक जगत्का छायाँकार ज्ञानेन्द्र शर्माले उत्कृष्ट छायांकन गरेका छन् । सन्तोष राजवाहकको कोरियोग्राफी रहेको भिडियोमा प्रविन श्रेष्ठको सम्पादन रहेको छ । निर्देशक प्रेम लामाले भिडियोलाई मूर्तरुप दिएका छन् ।https://www.youtube.com/watch?v=IhsCwlSqpgc&feature=youtu.be


Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget