Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

मोरङ लेटाङ को लक्ष्मी मावि मा आज एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न


पौस २२,
मोरङ लेटाङ को लक्ष्मी मावि मा आज एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा स्त्री रोग , यौन तथा छाला रोग ,मधुमेह लगायत  सामान्य रोग को समेत स्वास्थ परिक्षण गरिएको लक्ष्मी मावि लेटाङका सहायक प्रअ देवराज सापकोटाले जानकारी दिनुभयो । केशी हेल्थ एण्ड साइन्स क्यम्पस र लायन्स कलव विराटनगर को सयुक्त आयोजना  तथा  मोरङ सहकारी अस्पताल विराटनगर र प्राथमिक स्वास्थ केन्द्र लेटाङको प्रावीधिक सहयोगमा सन्चालन भएको शिवीरमा   महिला, वाल वालिका, वृद्ध वृद्धा, युवायुवती लगायत २३० जना ले स्वास्थ परिक्षण गराएका थिए । शिविरमा ८८जना ले सुगर ३०जनाले स्त्री  २५ जनाले छाला तथा यौन तथा  वाकी ले सामान्य रोग को स्वास्थ्य जाच गराएका थिए । शिविरमा निशुल्क औषधी वितरण गरिएको समेत सहायक प्रअ सापकोटाले जानकारी दिनुभयो ।।


Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget