Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

अभिनय र निर्देशनमा व्यस्त दुलाल ( फोटो सहित )

 भोला अधिकारी
 पथरी १०,माघ । मोरङ पथरी सनिश्चरे निवासी ईश्वर दुलाल पुर्वमा निकै चलेका मान्छे हुन् । स्कुल क्षेत्रबाट अभिनय गरेका उनि स्थानियमा हुने विभिन्न साँस्कृतिक कार्यक्रममा सहभागी हुदै अभिनयमा आफुलाई चिनाए ।
               हाँस्न पाईन ” हाँस्य सिरियलबाट आफ्नो अभिनय यात्रामा लागेका ईश्वर दुलाल आजभोली अभिनय यात्रामा व्यस्त रहेका छन् । यस सिरियलमा २३ भागसम्म अभिनय गरेका दुलाल हिमशिखर टेलिभिजन कै अर्को हाँस्य सिरियल “दोबाट  प्रवेश गरे ।
      उन्ले यस सिरियलमा पनि १०१ भागसम्म अभिनय गरेका छन । हाँस्य सिरियलमा राम्रो नाम चम्काएका दुलाल “बाठो मान्छे” र “टायम पास ”  सिरियल गरिरहेका छन् । त्यस्तै “ सुसाईड,” “साँचो माया, भाईको माया ” लगायत छोटो चलचित्रमा सहायक निर्देशकको समेत काम गरिसकेका छन् ।
               त्यस्तै आधा दर्जन भन्दा बढी म्युजिक भिडियो समेतमा अभिनय गरेका छन् । केहि सिरियल र म्युजिक भिडियोको काम भईरहेको दुलालले बताए । आफुलाई यो स्थानसम्म पुर्याउन बुवा ,आमा दाजु भाई र परिवारको सपोर्ट रहेको ईश्वरकोे भनाई छ । परिवारको सहयोग नभएको भए यो ठाउमा आउन सक्दिन थे होला,ईश्वर भन्छन् । साथीभाइको माया र सर्पो उत्तिकै मात्रमा छ, ईश्वरले कुरा थप्दै भने ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget