सरकारी कर्मचारी कुटे माओबादी सांसदले ।
ताप्लेजुङ १६,माघ । ताप्लेजुङमा एक सांसदद्धारा सरकारी कर्मचारीलाई ढोका थुनेर कुटेका छन् । सभासख वाङ्दी शेर्पाले गाविसको तथ्याङ्क संकलनका लागि खटिएका पशुसेवा कार्यालयका कर्मचारी भीम घिमिरेलाई कुटेका हुन् । शेर्पा माओवादी कुटेका हुन् । शुक्रबार खेजेनिम गाविस पुगेका घिमिरे सांसद शेर्पाको घरमा तथ्यांक संकलन गर्न पुगेका थिए । शेर्पाले परिचय पत्र माग्दै आफूलाई नियन्त्रणमा लिई कोठामा थुनेर कुटपिट गरेको घिमिरेले बताए।
आफूसँग परीचय पत्र नभएको बताउँदा ‘यस्तो पनि कर्मचारी हुन्छ’ भन्दै कुटपिट गरेको र आफूले टेलिफोन गरी प्रहरी र सामाजिक परिचालकलाई जानकारी गराएपछि मात्रै छाडेको घिमिरेले बताए।
स्थानीयले पनि सांसदले कर्मचारीलाई २र३ घण्टा नियन्त्रणमा लिर्इ कुटपिट गरेको पुष्टि गरे।
तर, संसद शेर्पाले भने आफूले घिमिरेलाई परिचय पत्र नबोकी किन हिँडेको भनेर सोधपुछ मात्रै गरेको दाबी गरेका छन् ।
घटनापछि जिल्ला प्रहरी कार्यालयले संसद शेर्पा र कर्मचारी घिमिरेलाई मिलापत्र गराएको छ ।
घटनालाई मिलाउन आधिकारिक कर्मचारी ट्रेड युनियनका जिल्ला अध्यक्ष रामचन्द्र नेपालसहित प्रमुख जिल्ला अधिकारी साँझ जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।