विकास निर्माण कार्य ढिलो भएकोमा सांसदद्धारा सरकारलाई ध्यानाकर्षण ।
काठमाडौ १०, माघ । आज बसेको व्यवस्थापिका–संसद्को बैठकमा सबै ध्यान सरकार सामु लगाएका छन् । सांसदले आ–आफ्ना निर्वाचन क्षेत्र, जिल्ला र मुलुकका समसामयिक विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।
व्यवस्थापिका संसदको बैठकमा पहिलो वक्ताका रुपमा सांसद शिवचन्द्र चौधरीले भने, मुलुकमा विकास निर्माणको काममा निकै सुस्त गतिमा भइरहेको जानकारी गराए । उनले भने ुजनकपुर र काठमाडौँको विमानस्थलको टर्मिनल निर्माण एकैचोटि सुरु भएकामा काठमाडौँको सकिएको वर्षौं भइसकेको छ। तर पनि जनकपुरको भने निर्माण कार्य सुरु पनि भएको छैन ।
सांसद श्रीमाया थकालीले राष्ट्रपति, न्यायाधीश र सभामुख महिला भएको मुलुकमा दिनदिनै महिला हिंसाका घटना भइरहेकोतर्फ सदनको ध्यानाकर्षण गराए। geपालगन्जमा अनिशा खटीको महिला हिंसामा परेर ज्यान गएको छ । उक्त घटनाका दोषीमाथि कडा कारबाही होस् उनले भने । महिलामाथी भएको हिँसा रोम्न पनि सरकार सामु आग्रह समेत सांसदहरुले गरेका छन ।