Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

नेपालभर जाडो बढ्यो,कतै हिउको बर्षा, कतै पानीे ।

             
भोला अधिकारी
काठमाडौं, १७ पुस । आइतबार दिउसो सिमसिम पानी परेको काठमाडौ आज सोमबारबाट चिसो बढेको छ । अव  दिनसम्म देशभर घाम नलाग्ने मौसमविदहरुले बताएका छन् । यो अवधिमा फाटफुट पानी पर्ने सम्भावना रहेको बताईएको  छ ।

अहिले देशभर पश्चिमी वायुको प्रभावले ल्याएको मौसमी प्रणाली विकसित हुँदा बदली भएको छ र अघिल्ला दिनको तुलनामा बढी चिसो महसुस भएको छ ।

सुदूरपश्चिमबाट भित्रिएको मौसमी प्रणाली पूर्वतिर सर्ने क्रममा छ । पूर्वी नेपालबाट नबाहिरिन्जेल मौसम सफा हुनेछैन । ‘आज र भोलि घाम लाग्दैन, पर्सि ११(१२ बजेतिर खुल्न सक्छ । अनलाईन खवरमा समाचार छ । पूर्वतिर भने पर्सि पनि यस्तै हुन्छ । किनकी पूर्वमा लोकल लेभलमा पनि नयाँ मौसमी प्रणाली बिकसित भएको छ,’ मौसमविद वरुण पौडेलले अनलाइनखबरसँग भने ।

उच्च पहाडी भेग र हिमाली भेगहरुमा हिउँ परिरहेको छ । जुम्ला, रसुवा, ताप्लेजुङ, दोलखामा हिउँ परेको छ ।

काठमाडौं उपत्यकासहित देशभर फाट्टफुट्ट पानी पर्ने संभावनब रहेको मौसमविद्ले जनाएका छन् । छ । ‘ठूलो झिमझिम पानी पर्दैन तर, फाट्ट फुट्ट पानी पर्छ,’ मौसमविद पौडेलले भने, ‘काठमाडौं उपत्यकामा १(२ मिलिमिटर पानी पर्ला ।’
   काठमाडौंमा अहिलेसम्मकै जाडो भयो । मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको रेकर्ड अनुसार काठमाडौंमा शनिबार ४।५ डिग्री न्युनतम तापक्रम थियो । आइतबार बिहान भने ५ डिग्री मापन गरिएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget