Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

अन्तर्राष्ट्रिय विमानस्थलबाट ४४ थान राहदानीसहित एक चिनियाँ नागरिक पक्राउ ।


   
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४४ थान राहदानीसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । बुधबार राति ड्रागन एयरबाट हङकङ जान लागेका वइविन हि विमानस्थलबाट पक्राउ परेका हुन् ।
       राति १० बजेको उडानबाट हङकङ जान विमानस्थल पुगेका हिको हृयाण्ड ब्यागमा ४४ थान पासपोर्ट भेटिएको छ । विमानस्थलका डीआइजी गोविन्द निरौलाका अनुसार चिनियाँको हृयाण्ड ब्याग एक्सरे मेसिनमा चेक गर्दा शंकास्पद देखिएपछि नियन्त्रणमा लिएर अनुसन्धान गरिएको थियो ।


विमानस्थलका एक अधिकृतका अनुसार हिको साथबाट बरामद भएका सबै राहदानी चिनियाँ नागरिककै हुन् । प्रारम्भिक बयानमा उनले साउदी अरबको भिसा लगाउन ४४ जना चिनियाँको राहदानी बोकेर गत १८ तारिखमा काठमाडौं आएका थिए ।

चीनबाट साउदीको भिसा लगाउन गाह्रो हुने भएकाले आफू काठमाडौं आएको बताए पनि उनको साथबाट बरामद भएको एउटा पनि राहदानीमा साउदीको भिसा छैन । उनले आफू व्यवसायी भएको बताएका छन् ।

बरामद पास्पोर्टका बारेमा चिनियाँ दूतावास मार्फत विस्तृत जानकारी माग्ने काम भैरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget