Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

प्रयासको “दिम शाङ्गबरी ” म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित ) ।


काठमाडौ । तामाङसेलोका नायक प्रयास दोङको दिम शाङ्गबरी गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रतिष्पर्धी दुनियाँमा होमिएका दोङले गायन क्षेत्रमा  तामाङहरुको लोप हुँदै गएको संस्कृतिलाई जोगाउन संदेश मुलुक गीत संगीत प्रस्तुत गर्दै आएका छन् ।
        हालसालै सामाजिक सञ्जालमा सार्वजनिक भएको दिम शाङ्गबरी बोलको गीतमा गायक प्रयास दोङ र गायिका सुस्मिता स्याङ्तानको आवाज रहेको छ । तामाङसेलो शैलीमा रचिएको गीतमा गायक दोङको आफ्नै शब्द संगित रहेको छ ।न्होर्वु शेर्पाको संगित संयोजनलाई दिपेश प्रधानले मिक्सिङ गरेका छन् ।

सार्वजनिक भएको भिडियोमा सुष्मा र प्रवेश लगायतका कलाकारहरुको अभिनय रहेको छ । प्रतीक ङ्गेसुरको कोरियोग्राफी रहेको भिडियोलाई बिक्रम लामाले छायांकन गरेका हुन् ।दिपक तामाङ र बिक्रम लामाको सम्पादनलाई मूर्त रुप दिएका छन् निर्देशक प्रेम लामाले । तामाङसेलो संस्कृतिलाई जगेर्ना गर्न प्रयास दोङको प्रस्तुती सराहनीय छ ।https://www.youtube.com/watch?v=OUmCPth9peY

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget