Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

छुट्टा छुट्टै दुर्घट्नामा चार घाईते



मोरङ , १३ फाल्गुन । मोरङको सुन्दरदुलारी नगरपालिका १० चिउरा मिल अगाडी मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाईते भएका छन्।
घाईते हुनेमा मोटरसाईकल चालक सुनसरी बलाहाका २० बर्षिय रिसिक चौधरी र मोटरसाईकलको पछाडी सवार रहेका सोहि स्थानको १९ बर्षिय बिक्रम चौधरी रहेका छन्।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्वतर्फ आउदै गरेको को २१ प २२५१ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको थियो।
घाईते दुवैलाई उपचारकोलागी सामुदायिक अस्पताल ईटहरी पठईएको प्रहरी चौकी गछियाले जनाएको छ। 
यस्तै
बिराटनगर उपमहानगरपालिका १५ स्थित बिहिबार राती स्कुटरको ठक्करबाट चालकसहित एक पैदलयात्री घाईते भएका छन्।
घाईते हुनेमा बिराटनगर उपमहानगरपालिका १७ का ३० बर्षिय गणेश मगर र स्कुटर चालक भारत वीरपुर अररिया घर भई हाल बिराटनगर उपमहानगरपालिका १७ बस्ने १८ बर्षीय रोहित मण्डल रहेका छन्।
कोशी राजमार्ग अन्तर्गत दक्षिणबाट उतरतर्फ आईरहेको को २५ प २५५१ नम्बरको स्कुटरले पैदलयात्री मगरलाई ठक्कर दिएको थियो।
ठक्करबाट घाईते चालकसहित मगरलाई उपचारका लागि न्युरो अस्पताल बिरानगर पठाईएको वडा प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget