तिलक चन्द
काठमाडौ । ‘बलियो लोक संस्कृति दरिलो घर हामी सबै होऔ आत्मानिर्भर’ भन्ने नारा लिएर आजदेखि भृकुटि मण्डवमा राष्टिय रनिङ् सिल प्रतियोगिता सुरु भएको छ।फागुन १२ गते देखि १६ गते सम्म कार्यक्रम संञ्चालन हुने राष्टिय दोहोरी प्रष्ठानका अध्यक्ष बद्रि पंगेनीले जनाएका छन्। यसको उद्घाटन प्रमुख अतिथि प्राधिकरण मन्त्रि गोविन्द ढुङ्गेलले गरे ।
चर्चित लोक गायक गायिकाहरु उपस्थिति रहेको उक्त कार्यक्रम संञ्चालन गायक चोलेन्द्र थापाले गरेका थिए ।कार्यक्रमको ओपनिङ् गायक प्रकाश सपुतले गरेका थिए ।त्यसपछि म्याक्सिम खाति ,मुना थापा ,पुर्णकला विसी पालै पालो आफ्नो प्रस्तुती दिए ।यस कार्यक्रमयक्रममा पशुपति शर्मा,रामजि खान,लक्ष्मी न्यूपाने,मुना थापा,रमेशराज भटराई,बद्रि पंगेनी,पूर्णकला विसी,सगितकार सुरेश अधिकारी थुप्रै लोक गायक गायिका संगितकार,नृत्य निर्देशक शंकर बिसी उपस्थिति रहेको थिए । आज देखि औपचारीक रुपमा प्रतियोगिता अघि बढ्ने अध्यक्ष बद्रि पंगेनीले बताए ।