राकेश काफ्ले,
अमेरिकाको
अाइअोवा राज्यको डिमोइनमा अवस्थित "हिन्दु सांस्कृतिक एवम् शैक्षिका
केन्द्र" र "भूटानी ढुक-ढुकी" को संयुक्त अायोजनामा आइओवा राज्यको राजधानी
डिमोहिन सहरमा आज मिति ०४, २०१७ शनिबारका दिन हिन्दु धर्म संस्कार अनुसार
विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा विधिवतरूपमा सम्पन्न भएको
छ।कार्यक्रम बिधिवतरूपमा मन्त्र पाठ,सरस्वती बन्दना र प्रवचन गर्दै पण्डित
मुक्ति सुवेढीज्यूँले
सुरू गर्नु भएको थियो। घरघरबाट पूजा सामग्री लिएर अाएका सरस्वती माताका
भक्तजन तथा विद्यार्थीहरूले विधिवत सरस्वती पूजा गरेपछि अन्य भजन कीर्तन,
नाँचगान तथा विभिन्न साँस्कृतिक कार्यक्रम पनि सम्पन्न भएको अायोजक समितिका
अध्यक्ष टंक धितालले बताउनु भो।उक्त अवसरमा हिन्दुत्वका विषयमा Drake
University को प्रस्तुतिले कार्यक्रमलाई थप रोचकिलो बनाएको थियो।
"हामी,जहाँ रहेका भए पनि हाम्रो धर्म,संस्कृति, रितिरिवाज,परम्परा लगायतका
माैलिक र पुरातात्विक सम्पदाहरूलाई खुलेर मान्न पाउनु हाम्रो नैसर्गिक
अधिकार हो,जो मानवअधिकारभित्र पर्दछ," अायोजनाका महासचिव सोम अाचार्यले
प्रकाश पार्नु भयो । घरघरबाट प्रफुल्लताकासाथ फलफूल र धूपाक्षता लिएर
पूजामा सरिक हुन अाउनु हुने सम्पूर्णलाई धन्यबाद पनि ज्ञापन गर्नु भयो।
हाम्रो धर्म माैलिकता जीबित रहेमात्र हामी स्वसंस्कृति र पहिचान सहितको
जाति रहन सम्भव छ । वास्तवमा हाम्रो धर्म,संस्कार र जातिय गरिमासँग जोडिएको
सात्स्वत पक्ष हाम्रा युवा वर्ग र नव सन्ततीहरूलाई सिकाउनु साथै चिनाउनु
पनि छ । तसर्थ, कुनै पनि स्वर्थ र मतान्तरका पछाडि नलागि एकतामा गोलबद्ध
हुनु जरूरी छ।पण्डित मुक्ति सुवेढीले बताउनु भो।
उक्त कार्यक्रमलाई भूटानी ढुक-ढुकी र पाथिभारा न्यूज़ले प्रत्यक्ष प्रशारण
गरेको थियो।