Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालमा २ गीती एल्वम सार्वजनिक ।

       राष्ट्रिय लोक सञ्चारकर्मी नेपालमा  २ गीती एल्वम सार्वजनिक ।
काठमाडौ । गायक  शुभश्री लुङ्गेली (झम्के)को नयाँ गीतिसङ्ग्रह “आमाले त छोडेर गैहाले” र योगेश बर्माको लोक दोहोरी गित “ठान्यौ सानी कच्चा” को गत सोमबार राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको कार्यालय अनामनगरमा सार्वजनिक गरिएको हो ।
        कार्यक्रममा “ठान्यौ सानी कच्चा” को अडियो र “आमाले त छोडेर गइहाले” को भिडियो सार्बजनिक गरिएको हो । बाक्लो सङ्ख्यामा दर्शक श्रोता कलाकार तथा लोक सञ्चारकर्मीहरुको उपस्तिथिमा अध्यक्ष्यता लोक सञ्चारकर्मी नेपालका अध्यक्ष हरिबल्लभ नेपाल  उपाध्यक्ष राम अविरल , चन्द्रमणी गौतम ,  प्रकाश पुलामी , दर्शक श्रोता   कार्यक्रमको सञ्चालन भने रामचन्द्र श्रेष्ठ गरेका थिए ।
          आफ्नो नयाँ गीतको बारेमा जानकारी गराउँदै गायक शुभश्री लुङ्गेली झम्केले आफुले अहिले समाजमा घट्ने यथार्थ घटनालाई विषयबस्तु बनाइ आमाले त छोडेर गइहाले गीत बजारमा ल्याएको बताए।आफ्नो परिवारलाइ खुसी राख्न बिदेशीएका नेपालीको श्रीमतीले समाजमा ल्याएको बिकृतीलाइ विषयबस्तु बनाएको गीत शुभश्री लुङ्गेली झम्के र आठ वर्षीय बालिका श्रीतु आलेमगरको गाएका छन् ।,
       जसमा लय राममचन्द्र श्रेष्ठ र शब्द भने गायक स्वयंकै रहेको छ । त्यसैगरी अर्को विमोचित गीत ठान्यौ सानी कच्चा माया प्रेमसँग सम्बन्धित ठट्यौली गीत रहेको सर्जक योगेश बर्माले जानकारी गराएका छन् ।यो गीतमा अर्जुन घिमिरे, योगेश बर्मा र देवी घर्तीको आवाज रहेको छ भने लय र शब्द योगेश बर्माकै रहेको छ। कार्यक्रममा विमोचित दुबै गीतिसंग्रहलाइ दौँतरी क्रियसन प्रा।लि ले बजारमा ल्याएको हो।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget