फागुन ६ । मन लोभ्याउने हिमाल ,पहाड,मन्दिरको दृश्यसँगै ओठमा लाली आखाँमा गाजल लगाएकी किशोरीलाई एक किशोरले चुमे ।उनले मन्द मुस्कानमा भने “फु¥यो गजल फु¥यो तिमीलाई देख्दा काली तिमी बबाल छदै‘ छेउ नि यार झन् राम्रो देख्यो लाली”किशोरी लजाएर झुकिन्।
यस्तै रमाईला किशोरावस्थाका कल्पनाका दृश्यहरुसँगै मनमोहक पल सन् १९५४मा स्थापित सुन्दरा भवानी शतिm पिठ(देविस्थान)मन्दिर वरिपरीका दृश्य समेटेर धर्म,समकालिन नेपाली समाजका अवस्था प्रतिबिम्वित हुने गरेर हे भगवान् सर्ट मुभि निर्माण भएको छे।चिराघाट दाङ्का दुई किशोरहरुले शान्तिनगर ६ सुकेकोट यात्रा क्रममा देख्ने केहि सपना र यथार्थ पलहरु का सिर्जित घटनाहरुबाट कथाबुनिएकोछ । नेपालमा पहिलो पटक यस सर्ट मुभिमा गित समावेश गरिएको छ ।
स्वर्गद्धारी टेलिभिजनको प्रस्तुतीमा तिलक प्रताप चन्दको लेखन÷रचना÷पटकथा÷संबाद÷निर्देशनमा सर्ट फिल्म निर्माण समिति शान्तिनगर दाङ्को निर्माण र सह—निर्माण सुरज रसाइलीमार्फत बनेको हो ।छायाङ्कन ÷सम्पादन बलविर थापा ,संगित कृष्ण भारद्धाज ,गायक रामकृष्ण थापा रहेको छ ।जसमा स्थानिय कलाकारहरु स्कुले प्लस टु विधार्थीहरु छन्।कलाकारहरु सञ्जु कौशल,दिपक गौतम,तिलक,सुनिल रसाइली,पुष्पा विक,चेतना पुरी,पोषण रौका,नरेश विक,मेघराज सुनार,सुरज रसाइली आदिको अभिनय रहेको छ ।यो सर्ट मुभि रिलिज हाइलाइट नेपालबाट भएको छ।सपनामा रमाउने किशोरवस्थाको रोमाञ्चकारी पल र क्षणलाई साथै नेपाली समाजको धर्मको आस्था अझै जिवित छ भन्ने तथ्यलाई देखाएको छ भनेर निर्देशक लेखक तिलक प्रताप चन्दले बताए ।अवार्डका लागि सहभागिता जनाएको सर्ट फिल्मलाई हाइलाइट नेपालबाट विश्वभर रिलिज गरिएको छ ।https://www.youtube.com/watch?v=NvJBM7YlGOw&sns=fb