तिलक चन्द, दाङ १८,फागुन । शान्तिनगरका जिवन वि.क भन्ने भाईलाई उपचारका लागि एम्बुलेन्समा शिक्षण अस्पताल महाराजगंञ्जमा ल्याइयो ।उनलाइ एम्बुलेन्स्मा नर्सिङ्होम हस्पिटल नेपालगंञ्जबाट टिचिङ हस्पिटलमा रिफर गरिएको,उनका भाई सञ्जु वि.कले बताए।म उनको छिमेकी भएको नाताले सहयोगका लागि गएको थिए ।मैले उनका भाईलाइ देख्ने वित्तिकै बोलाएर सबै स्ोधे ।
सञ्जुले भने‘हामी काठमाण्डौ पहिलो पटक आएको अवस्था हो।विहान ३ बजे ल्याउदा पनि अझै उपचार भएको छैन ।एमरजेन्सिीमा राखेको छ।आइसियूमा लग्ने भनेको छ तर बेलुकाको ६ बज्दा समेत लगेको छैन। ’ मैले र मेरो मित्र दुबैले डक्टरलाई भन्यौ तर उनले कहिले प्याक भएको छ त कहिले२ बेड खाली रहेको बताए ।अरु अस्पालमा आइसिउ खाली छ कि बुझ्नु अन्तै लानु भनेर टारे । पछि गार्डलाई सोध्दा स्टाफको नजिकको मान्छे ग्राण्डी हस्पिटलबाट ल्याउन लागेकोले यसरी झुलाएको होला भनिन् ।उनले हामीलाई गार्ड वाडेन कहा पठाइन् उनले जिवन वि.कलाई आइसिउमा लानुस् भनेपछि रातको ७ बजे आइसियूमा लग्ने अर्डर दिएपछि डक्टरहरुले माने ।यहि कारण डक्टर गोविन्द केःसी अनसन बसेका होलान् तर समस्या अझै त्यस्तै छ ।भ्रष्ट्राचारमा अस्पताल पनि अघि रैछ भन्ने प्रमाण यहि अस्पताल दलाली रवैयाले देखाउछ । हामी नभएको भए यस्तै आलटालले उनको ज्यान जाने रहेछ ।विरामीको होस आइसियू लगेपछि आयो । मस्तिष्कको टिःभी जिवन विकलाई रहेको न्यूरो सर्जन डक्टरले बताए । उनी हाल बोल्न सक्ने अवस्थामा आएका छन् र आइसिउबाट वार्डमा सारिएको छ । डाक्टरकै चलखेलका कारणले यस्तो पो रहेछ रहस्य विरामीको उपचारमै ज्यान जाने ।