Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

च.प.संघलाई १० हजारसहित सम्मान गर्ने ।

काठमाडौ,२४ फागुन ।मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले चलचित्र पत्रकार संघ चितवन शाखालाई सम्मान गर्ने भएको छ । चलचित्र क्षेत्रको विकास, प्रवद्धन र प्रचारमा निरन्तर सक्रिय लक्की मिडिया हाउसले चलचित्र पत्रकार संघ चितवन शाखालाई नगद रु.१० हजारसहित सम्मान गर्ने भएको हो ।
              नेपालको सिने बजारको क्षेत्रमा चितवन शाखाले गरेको अतुलनिय योगदानको कदर गर्दै संघलाई सम्मान गर्न लागिएको लक्की मिडिया हाउस चितवनका अध्यक्ष हरि कार्की “लक्की“ले जानकारी दिनुभयो । चलचित्र पत्रकार संघ चितवन शाखाका अध्यक्ष राजकुमार लामिछानेले लक्की मिडिया हाउसले गर्न लागेको यो सम्मानले चलचित्र क्षेत्रको विकासका लागि अझै केहि गर्ने प्रेरणा मिलेको बताउनुभयो ।
             अध्यक्ष लामिछानेले आगामी दिनमा पनि लक्की मिडिया हाउसको निरन्तर सहयोगको अपेक्षा गर्दै लक्की मिडिया हाउस परिवार र अध्यक्ष कार्कीलाई विशेष धन्यवाद प्रकट गर्नुभयो । कार्की चलचित्र पत्रकार संघ चितवनका कोषाध्यक्ष पनि हुनुहुन्छ । उक्त रकम आगामी  चैत्र १४ गते चलचित्र “ब्वाइफ्रेण्ड“को विशेष शो गर्ने दिन एक कार्यक्रमकाबीच हस्तान्तरण गरिने कार्कीले बताउनुभयो ।
        चलचित्र ब्वाइफ्रेण्डमा पुष्कर रेग्मी, महिमा सिल्वाल, सरोज खनाल, सोनम थापा, मञ्जु श्रेष्ठ, शुक बहादुर बम्जन, पवन खनाल लगायतका कलाकार रहेका छन् । सुर्य बुढाथोकीको प्रस्तुती रहेको ब्वाइफ्रेण्डका निर्माता कृष्ण खनाल हुन भने निर्देशन मदन घिमिरेको रहेको छ । चलचित्र ब्वाइफ्रेण्डको विशेष शो पनि लक्की मिडिया हाउसले नै गर्न लागेको हो ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget