Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

कोलोराडोमा नेपाली भाषा र गायन समबन्धी कक्षा संचालन

आगोपाटी सम्बाददाता
अमेरिकाको कोलोराडमा रहेको भूटनिज् कम्युनिटी अफ कोलोराडोले नेपाली भाषाको कक्षा संचालन गरेको छ ।  शनिबार सो संस्थाको कार्यालयमा आयोजना एक कार्यक्रमको बीच उद्धाटन गरिएको सो कक्षामा कोलोराडोमा रहेका नेपाली भाषी भूटानी बालबालिकाहरुलाई सकृय रुपमा सहभागी भएको थियो । हरेक शनिबार बिहान ९:३० बजे देखि ११;३० बजे सम्म संचालन हुने कक्षालाई कोलोराडोमा बसोबास गर्दै आएकी पबित्र धौरालीले सहजीकरण गर्ने आयोजक समितिले जनाएको छ । प्रवासमा रहेर नेपाली भाषाको जोगर्णको लागि यस्तो नेपाली कक्षाले ठुलो राहत पुग्ने सो संस्थाका उपाध्यक्ष रघु धौरालीले बताएका छन् । संस्थाका अध्यक्ष सोम बरालले कोलोराडोमा रहेका  नेपाली भाषी भूटानी अभिभावकहरुमा धन्यवाद दिदै, आफ्नो बालबालिकाहरुलाई नेपाली भाषा कक्षामा सहभागी गराएर कक्षालाई निरन्तरता दिन सबै संग साथ र सहयोगको आग्रह गरे । नेपाली भाषा सँग सँगै संस्थाले गायन कक्षा पनि संचालन गर्दै आएको छ । चाडै नृत्य कक्षा र योगा कक्षा पनि संचालन गर्ने बताइएको छ ।



Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget