काठमाडौ २४ फागुन । ‘खसीलाई गोठमा बाधे चर्न गयो पाठी ,लाटी लाटी भनेको थिए रैछौ साह्रै बाठी’मिठो शब्द लयमा टप्पा गीत रत्नपार्कमा गुञ्जयमानरहित एउटा भिड देखियो ।के रहेछ भनेर भित्र जादा ‘मेरो बोके दाह्री ’ र ‘टाउका माथि चस्मा’गीत गाउने गायक पुरुषोक्तम पौडेल पो रहेछन्।
उनलाई गाउन साथ दिएकी थिइन् ,अहिलेकी चर्चित गायिका टिका पुनले ।कोरसमा २२ जना केटी ८ जना केटाले समुहमा मस्कि मस्कि नाचिरहेको अवस्थामा चर्चित मोडल शंकर बि.सी र पार्वती राई पनि रमाइलो मोडमा भेटिएका थिए ।
नेपाली पोशाक दौरा सुराल र गुनियो चोलीमा विवाहको जस्तै तोरन झुण्डाइएको अवस्थामा ,भाकालाई मस्तले छोपेर शंकर र पार्वतीले निर्देशक प्रकाश भट्ट को सिकाइमा कम्मर मर्काएका थिए । बिचमा हल्का तुफान आएर सुटिङ् अवरोध गरेतापनि सुटिङ् चालु थियो ।
टप्पा गीत पश्चिम नेपालमा प्रचलित भाका हो ।अहिले बजारमा जानकी तारा मगरको गीत ‘झम्के माया’ र विश्व नेपालीको लोक पप गीत‘मिठो मिठो’वोलको गीत हाल चर्चामा रहेका छन्। यी गीतका सदावहार रचानकार एकनारायण भण्डारीकोे शब्द संगितमा ‘कान्छी माया’दोहोरी गीत पुरुषोक्तम पौडेलले गाएका छन्।पौडेलले आफ्नै उमंग म्यूजिक प्रा.लिद्धारा यस गीतलाई होलीका अवसरमा रिलिज गर्ने भएका छन् ।यो गीत उनको ठूलो ड्रिम प्रोजेक्ट रहेको उनले अनलाइनलाइ बताए ।