यदि यो फिल्म भारतिय आमिर खानले बनाएको भए सुपरहिट हुन्थ्यो । आमिर खानले बनाएको दंगल फिल्म मैले बनाएको भएनी नेपालमा चल्दैनथ्यो ,आमिरले बनाएकोले चलेको हो उन्ले भने । नेपाल टेलिभिजनमा मैले बनाएकोे “थोरै भए पुगेसरी” तिनै दङ्गल,पिके,धोबी घात जस्ता कथा एउटै होइन र ?
सबिनको सुनपानी चलचित्रले सरकारबाट प्रदान गरिने विशेष फिल्म अवार्डबाट सम्मानित भएको चलचित्र हो । यस्ले गर्दा केहि राहात महशुस गरेको बास्तोलाले बताए । सुनपानी चलचित्रले सोचे जस्तो व्यापार नभए पछि सबिन बास्तोला नया ँ चलचित्र निर्माणमा जुटेका छन् । चलचित्रको नाम “ हाइ डार्लिङ ” राखिएको छ । उत्त चलचित्र नेपाली दर्शकले रोजे जस्तै हुने बास्तोलाको भनाई छ । सबिनले कुरा थप्दै भने यो चलचित्र कमर्सियल हुने छ । सुनपानी जस्तो हुदैन ।
नेपालमा बसेर मेरो सोचका फिल्म चलाउन गाह्रो रहेछ ,चेतना मुलक चलचित्र बनाएर दर्शक हलसम्म तान्न गाह्रो रहेछ,। उन्ले कुरा थप्दै भने, जे पायो त्यहि चलचित्र बनाएर मान्छे हँसाउने चलचित्र चल्दो रहेछ यहाँ । त्यसैले मैले नयाँ धारको चलचित्र र दर्शकले रुचाउने फिल्म बनाउन लागेको बताए । “हाइ डार्लिङ” चलचित्रमा नयाँ पुराना कलाकार हुनेछन् । जस्को छनोट कार्य भइरहेको सबिनले बताए । यसका निर्माताहरु राजेश बिसुराल,टंक पौडेल रहेका छन् भने अन्य फाईनल भएको छैन । यो चलचित्र चेतराजा सिहको हुने निर्देशक बास्तोलाले बताए ।