Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

ढकालले देखाए वेलवारीको मेयरमा ईच्छा


वेलवारी ,१० चैत । स्थानिय तहको निर्वाचनको चहलपहल वढे संगै मोरङको वेलवारी नगरपालिकामा पनि यसको सरगर्मी वढेको छ ।
यो संगै लामो समयदेखी कांग्रेसमा राजनीति गर्दै आउनुभएको यज्ञप्रसाद ढकालको नाम चर्चामा आउन थालेको छ । यो संगै उहाँले छलफल र भेटघाटलाई तिव्रता दिन थाल्नुभएको छ । स्थानिय संगको छलफलमा पनि ढकालले आफुलाई मेयरमा उमेद्धवार वनाउन सहयोग हुने कुरा आईरहेकोले उहाँ सो का लागि तयारीमा लाग्नुभएको हो । उहाँले वेलवारीको समग्र विकासमा महत्वपुर्ण भुमिका निर्वाह गर्न सक्ने स्थानियको भनाई छ ।आफ्नो व्यवसाय र छदाछदैको सरकारी शिक्षकको जागिर छाडेर २०४८ सालमा राजनीतिमा होमीनुभएका ढकालले हाल सम्म राजनीति मार्फत समाजसेवामा क्रियाशिल रहदै आउनुभएको छ । उहाँले पार्टीले दिएका महत्वपुर्ण जिम्मेवारीहरु पुरा गरिसक्नु भएको छ । उहाँले गाँउ सचिव , क्षेत्रिय सदस्य , जिल्ला सदस्य(तीन कार्यकाल) पुरा गर्नु भएको छ भने पार्टीले दिएको जिल्ला वन समन्वय समितीको प्रतिनिधीका रुपमा हाल जिम्मेवारी पुरा गर्दै हुनुहुन्छ । उहाँ हाल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनीधी हुनुहुन्छ । उहाँ बेलवारी ८ का स्थायि हुनुहुन्छ । ढकाल संगै कांग्रेसवाट वेलवारी नगरपालिकाको मेयरमा राजकुमार लिम्बु , मोहन कार्की , महेन्द्र सुवेदी , वद्रीनारायण मण्डल , नगेन्द्र जमरकट्टेलको नाम चर्चामा रहेको छ । 

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget