Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

नागेश कोईराला मेयरका वलिया दावेदार


विराटनगर ११ चैत । स्थानिय चुनावको मिति नजिकीदै गर्दा विराटनगर उपमहानगरपालिकामा उमेद्धवारका आकाङक्षीहरु वढिरहेका छन् । कांग्रेसको दह्रो पकड भएको विराटनगरमा कांग्रेसको उमेद्धवारले मेयर जित्ने विश्वास सवैले गर्दै आएका छन् । 
नागेश कोईरालाको चर्चा पछिल्लो समयमा विराटनगर बासीहरुमा चुलिन थालेको छ  । उनिलाई कांग्रेस वृतमा पनि मेयरको बलियो दावेदारका रुपमा हेरिएको छ । कांग्रेस मोरङको राजनीतिमा क्रियाशिल कोईराला मोरङ सचिवमा भारी मत ल्याएर विजय भएका हुन् । 
उनि तरुणदल मोरङको सभापति र कांग्रेस मोरङको कोषाध्यक्षको भुमिकामा रहेर कुशलतापुर्वक जिम्मेवारी समालिसकेका युवा नेता समेत हुन् । विराटनगरमा उच्च छवि वनाएका कोईरालालाई पार्टीले समेत विश्वास गरेर टिकट दिने कुरामा स्थानिय पार्टीका अग्रजहरुले विश्वास व्यक्त गरेका छन् ।सानै देखी राजनीतिमा रुचि राखेर कांग्रेसको राजनीतिमा होमिएक कोईरालाले काम गर्ने अवशर प्राप्त गरे विराटनगरलाई नमुना नगर वनाउने वताए । महानगर वन्न चुकेको विराटनगरलाई नेपालककै नमुना महानगर वनाउने उदेश्य रहेको समेत वताए । कोईरालाले मेयरमा जिते विराटनगरको विकासले तिव्र गति लिने विश्वास स्थानियको छ । 
कोईराला संगै कांग्रेस वृतमा भिम पराजुली , अरुण गुप्ता , राजु मास्के लगायत एक दर्जन नेताहरुले आकांक्षा राखेका छन् ।


Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget