लेटाङ १३ चैत । स्थानिय तहको निर्वाचनको चर्चा संगै उमेद्धवारहरुको चर्चा पनि वढ्न थालेको छ । मोरङको सुन्दर नगरी लेटाङको मेयरको रुपमा लोकप्रीय नेता शंकर राईको नाम चर्चामा आउन थालेको छ । राईलाई सवै तिर वाट मेयर वन्न दवाव समेत आउन थालेको छ । पार्टीले मुल्यांकन गरेर मेयरमा उठ्न सहयोग गरे आफु तयार रहेको राईले वताए ।
संविधान सभाको दोस्रो पटकको निर्वाचनमा समानुपातिक तर्फको उमेद्धवार छनौट गर्ने दिन कांग्रेसलाई निक्कै सकस परेको थियो । आकांक्षिहरु धेरै भएपछि निर्वाचन गर्ने अवस्था आयो । निर्वाचनमा गाँउ—गाँउ वाट आएका प्रतिनीधिहरुले शंकर राईलाई पहिलो नंम्बरमा मत दिए । तर शंकर राईले आफुलाई त्यागि नेता गणेशमान झै ललित अधिकररीलाई उमेद्धवार वनाएर महान हृदयको नमुना प्रस्तुत गरे ।
केही समय पछि मोरङ ९ नम्बर क्षेत्रको क्षेत्रिय अधिवेशन हुने भयो । चारै तिर सभापतिका लागि शंकर राईको नाम गुञ्जिन थालेको थियो । शंकर राईको भेटघाट तथा चुनावी माहौल उत्कर्समा पुगेको थियो ।
कांग्रेसलाई एकढिक्का वनाएर लाने विषयमा राईलाई गम्भिर चिन्ता थियो । स्थानिय पार्टीका नेता तथा कार्यकर्ताहरुले सभापति वन्न दिएको ठुलो दवावको चुनौती लिदै कांग्रेसमा सहमतिको नमुना देखाएर क्षेत्रिय सभापतिमा खडग फागो लाई सर्वसम्मत गरेर उदाहरणीय काम गरे ।
पार्टीभित्रका आन्तरिक प्रतिस्पर्धामा धेरै त्याग र अनुकरणीय योगदान पुर्याएका राईको सामाजिक जीवन पनि त्यतिकै लोभलाग्दो रहेको छ । खानेपानीको अध्यक्ष भएर लेटाङका जनतालाई पानी खुवाउन रातोदिन लागेको देखेर स्थानियहरु राई प्रति नतमस्तक छन् ।
पुर्व राष्ट्रिय फुटवल खेलाडि समेत रहेका राई युवाहरुका ढुकढुकीका रुपमा त परिचित छ छदैछन् राई भनेपछि युवाहरुले ठुलो आट र ढाडस पनि पाउछन् ।
राईको सामाजिक जीवनका काम धेरै नै छन् । सडक कालोपत्रे गर्ने विषय होस वा खोलामा पक्कि पुल वनाउने विषय हुन सवै खाले विकासको काममा राईको भुमिका अग्रणी रहेको छ । मर्दा पर्दा सारथी वन्ने गरेका राई लेटाङमा एक कुशल नेताको छवी वनाउन सफल छन् । राजनीतिमै पुर्ण जीवन दिएका राई विकासवादी , पारदर्शि नेताको रुपमा चिनिन्छन् ।
पार्टीका विभिन्न जिम्मेवारीहरु पनि राईले कुसलतापुर्वक सम्पन्न गरिसकेका छन् । राईले २०४९ सालमा नेवि संघको गाँउ सभापति भएर कांग्रेसको क्रियाशिल राजनीतिमा उदाएका थिए । सानै उमेर देखी तिक्ष्ण स्वभावका राईले तरुणदलको गाँउ सभापति तथा जिल्ला सदस्य, नेपाली कांग्रेसको क्षेत्रिय सचिव , उपसभापति , नेपाली कांग्रेसको जिल्ला सदस्यको रुपमा कुशलतापुर्वक आफ्नो जिम्मेवारी पुरा गरिसकेका छन् । हाल उनि कांग्रेसको महासमिती सदस्य रहेका छन् । उनि नेपाल लोकतान्त्रीक खेलकुद संघका केन्द्रीय सदस्य समेत रहेका छन् ।
राई पुर्वाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका उपाध्यक्षका रुपमा काम गर्दैछन् । सामाजिक र राजनीतिक जीवनमा राईले धेरै संघर्ष र त्याग गरे । आफ्नो गाँउ आफै वनाउन राईले ठुलो मद्धत गरे । खेल जीवनको माध्यमवाट धेरै युवालाई मर्यादित त अनुसासित वन्न सहयाग गरे । त्यहि कुरालाई मध्यनजर गरेर कांग्रेस भित्र राईलाई मेयरको उमेद्धवार सर्वसम्मत वनाउनेमा स्थानिय ढुक्क छन् ।