तिलक प्रताप चन्द
काठमाडौ । राजधानीमा ५ औँ अन्र्तराष्ट्रिय फिल्म फेस्टेवल सुरु भएको छ ।चैत ३ गते देखि ६ गतेसम्म फिल्म फेस्टेवल नेपाल पर्यटन बोर्ड भृकुटी मण्डवमा चल्ने पर्यटन बोर्डले जनाएको छ ।जहा ४ दिनमा ३८ देशका ९० फिल्महरु देखाईने भएको छ । नेपाल देखि सिरिया, इराक,भारत,अफगानिस्तान,स्पेन,अष्ट्रेलिया,यूके,जर्मनी , फान्स् लगायतका ३८ देशका फिल्म,वृत चित्र,सर्ट मुभी देखाइने भएको छ।
देवकी प्रथाको सुुदुर पश्चिमका बादीजातीको बिषयमा देवकी विष्टले ४५ मिनेटको उक्त वृतचित्रले सबै दर्शकले हेर्न पाउँदा खुसी व्यक्त गरेका थिए ।साथै भारतको एसिड आक्रमणमा बर्षनी १०००जनामा हुने गरेको तथ्याङक्लाई समेटेर एसिड आक्रमणमा परेका महिला, किशोरी जिउनु पर्ने प्रेरणा दिने १ घण्टाको ‘डान्सिङ् विथ डोली ’फिल्म देखाइएको छ।त्यस्तै अफगास्तिानमा भुकम्पले पारेको प्रभाव बारेमा वृतचित्र साथै सिरियाको युद्ध साथै तिलक प्रताप चन्दको फिचर फिल्म ‘ हे भगवान्‘ले आफ्नो सहभागिता जनाएको छ।जसमा बेरोजगारी र अभावको रुपलाई मानवियता ल्याउने विचलन परिस्थितिलाई देखाइएको छ।
मनव अधिकार बचाउ भन्ने सन्देश र चेतना बृद्धि गर्न मनसायले यो फेस्टेवल सुरु गरेको पर्यटन बोर्डले जनाएको छ ।यसले सामजिक सुधार गर्न अपेक्षा राखेको छ ।२ मिनेट देखि १ घण्टासम्म फिल्म समय अवधिका रहेका छन् ।दुई अडियोटरी रुममा यो हेर्न सकिने छ ।