Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

फिल्म भन्दा नाटकमा यथार्थताको क्यानभास

 
तिलक प्रताप चन्द
काठमाडौ । मनोरञ्जन लिने आम मानिसको चाहना हुन्छ ।मानिसले लिने मनोरञ्जन हरेक कला ,साहित्यले प्रभाव  पार्दछन् ।अहिले फिल्मले कविता ,गजल ,नाटक,उपन्यासलाई समेट्न थालेको छ ।पहिले मानिस पढेर सबै मानिसले मनोरञ्जन गर्ने गर्थे तर त्यो पक्ष फिल्मले दृश्य मार्फत दिन थालेपछि फिल्मले पनि २० करोडको रेकर्ड कायम ग¥यो ।यस्तै रंगमञ्चका कलाकारले फिल्म क्षेत्रले ओगटेपछि फिल्मको जरा यो रहेछ भनेर नाटक हेर्न जनमानस बढेको छ ।
                 मानव अधिकार फिल्म महोत्सवमा सहभागि रहेका साहित्यकार अभि शुबेदीले भने ‘फिल्म भन्दा नाटकमा यथार्थताको क्यानभास हुन्छ ।जसले गर्दा नाटकप्रति जनरुचि बढ्दै गएको छ । ’ सर्वनाम थेटरमा ‘बुख्याजा मन’पर्दशन भईरहेको छ ।अन्र्तजातिय विवाहमा हुने भयको चित्रण नाटकले प्रस्तुत गरेको छ ।मनोविद् सिगमड  फ्रायडले भनेका छन् ‘मानिसको अवचेतन मनले यौन र सम्बन्धका कुरा समाज विपरित नहोस् भन्ने डर जिवित राखेको हुन्छ ।‘मानिसमा हुने छुवाछुतको  क्रान्तिकारी आवाज बनेको छ नाटक‘बुख्याजा मन’ ।२४ पटक प्रर्दशन भईरहेको उक्त नाटक मञ्चन सकारात्मक रहेको प्र्रतिक्रया सर्वनाम थेर्टरका आएका दर्शकले प्रतित्रिया दिए ।लेखन ÷निर्देशन राज शाहको रहेको छ शाहले नाटकमा सम्बन्ध र साथ अलग रहेको कुरा लिएका छन् ।सम्बन्ध क्षणिक हुन्छ साथ सधैभरि हुन्छ ।दलित र काजी बगालमा पनि सम्बन्ध गास्न मिल्छ तर साथ लिभाउने कुरमा दुरी छ । बुख्याजा मनमा जुन् पत्ला बनेर केहि प्रतित्रिया नदिने  सामाजिक मानोविज्ञानलाई देखाईएको छ । केहि नयाँ सोच ल्याउन पुरानै कुरितिमा रहेका मानिसको बुख्याजा मन बदल्ने समाजिक कुरितिमाथि तिखो ब्यङ्ग्य प्रहार रहेको छ ।दलितकै सिलाएकोे लुगा बाहुन लगाउछ र मन्दिरमा देविको कपडा बनाउछ तर मानिसलाई भने अपवित्र नै ठान्ने गैर मानविय धारणालाई तिखो बाण रोप्ने काम नाटकले गरेको छ ।
                     मनोरञ्जनले केहि सन्देश र यथार्थ बोके सबैको प्रिय बन्छ भन्ने कुरा विकास भईसकेको छ ।फिल्म अलि यथाथर्मा गुम रहने तर नाटक स्पष्ट सन्देश र मनोरञ्जनको खाका  बन्ने हुदा नाटको हल प्याक तर फिल्म हल खालि हुने स्थिति छ ।सर्ट मुभि बनाउने प्रथा भारतमा धेरै छ   र अवार्ड दिने प्रथा पनि छ ।नेपालमा पनि यो बढ्दै छ राजेश हमाल ,केकी अधिकारी ,बर्षा रावत ,एलिसा राई र अन्य कलाकारहरु पनि सर्ट मुभि खेलिसकेका छन् । अहिले झालो ,म होइन म, हे भगवान्,उर्मिला चर्चित सर्ट मुभले साथ पाईरहेकाछन् ।मनोरञ्जन दिने ज्ञान  र आनन्दको पाटो धेरै छन ् ।आजभोली नेपालमा नाटक बनेको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget