Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

विश्वशान्ति मैत्रीपूजा एवं महादर्शन ।

         
काठमाडौ । महासम्बोधी गुरु धर्म संघ (रामबहादुर बम्जन) बाट ललितपुर बुङमतीमा विश्वशान्ति महामैत्रीपूजा तथा महादर्शन कार्यक्रम आयोजना भैरहेकोे छ ।
बोधी श्रवण धर्म संघका अध्यक्ष निलबहादुर थिङका अनुसार कार्यविनायक न.पा. १३ बुगल, बुङमतीमा २०७३ चैत्र ८ देखि २० गतेसम्म यो कार्यक्रम सञ्चालन हुने छ । कार्यक्रममा विश्वभरका धेरै भक्तजनहरु उपस्थित हुने अपेक्षा गरिएको छ । यस विश्वशान्ति मैत्रीपूजा एवं महादर्शन कार्यक्रममा उपस्थित भई गुरुबाट आशिर्वाद लिई पुण्यलाभ लिनहुन भक्तजनहरुमा अनुरोध गरिएको छ । यो कार्यक्रम लगतै महासम्बोधि गुरु विश्वका विभिन्न ६३ वटा देशको निमन्त्रणामा विश्व भ्रमणमा निस्कदै हुनुहुन्छ ।
             महासम्बोधी गुरु धर्म संघले २०६२ जेठ देखी बारा जिल्लाको रतनपुरी गा.वि.स. को जंगलमा ९ महिना निराहार तपस्या गर्नु भएको थियो । त्यसपछि गुरुले ६ वर्षसम्म  यसलाई  बारा जिल्लाकै हलखोरिया जंगलमा निरन्तरता दिनुभई सर्वज्ञान गुणको बोध प्राप्त गर्नु भएको छ र सोहि स्थानमा प्रथम धर्मदेशना पनि दिनु भएको थियो ।  ज्ञान प्राप्त गरेपछि रामबहादुर बम्जनको नाम महासम्बोधि गुरु धर्म संघ रहन गएको हो । कठोर लपस्या पश्चात सर्वज्ञान गुणको बोध प्राप्त गरेपछि बोधीमार्ग गुरु, मार्ग गुरु र गुरु मार्ग गुरुहरुले सो आध्यात्मिक  नामकरण गराई दिएका थिए । यसपछि उहाँ संसारभर महासम्बोधी गुरु धर्म संघका नामले प्रख्यात हुनुहुन्छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget