सन्तोष वास्तोला
विराटनगर , २२ चैत्र । लेटाङ नगरपालिकाको मेयरको उमेद्धवारका लागि नेकपा एमाले वाट कृष्ण लुईटेलले ईच्छा देखाएका छन् । लामो समय पार्टी अग्रपंक्तिको कार्यकता भएर काम गरेको र अब मेयरमा ईच्छा देखाउनु स्वभाविक भएको लुईटेलले आगोपाटीलाई वताए ।
यातायात , सञ्चार ,सडक , शिक्षा लगायतका विकासका संरचनाहरुलाई अग्रगतिमा लानका लागि पनि आफ्नो उमेद्धवारी रहेको वताए । खोला नियन्त्रण गर्नुपनि लेटाङको चुनौती रहेकोले सो क्षेत्रमा काम गर्नका लागि उमेद्धवारी रहेको उनले वताए । लामो समय सम्म पार्टीमा गरेको लगानीलाई पार्टीले सतहीमा पुगेर अध्यय्न गरी टिकट दिनुपर्ने वताए । लुईटेलले लामो समय एमालेको निकट रहेर पार्टी भित्र काम गरिरहेका छन् । उनि समाजिक कार्यमा पनि अग्र पंक्तिमा आएर काम गरिरहेका व्यक्ति हुन् । उनि हाल वशन्तहरियाली सामुदायिक वनका अध्यक्ष भएर समेत काम गरिरहेका छन् ।