दुर्घटनामा दुईको मृत्यु
उर्लावारी , १६ बैशाख । उर्लाबारीमा भएको सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । उर्लाबारी–वरडंगा अन्तरगत उर्लाबारी–९ मा उर्लाबारीदेखि विराटनगर गइरहेको यात्रुबहाक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । को१ख ३५९३ नम्बरको बसले विपरित दिशाबाट आइरहेको मे३प ३७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उर्लाबारी ८ का २१ वर्षीय सागर रुचाल र ३२ वर्षीय सूर्यबहादुर विकको अरनिको अस्पताल ल्याउँदा ल्याउँदै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।