Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

साताको आवाजमा लोकप्रिय गायक तथा सर्जक प्रियजन राईसँग भोला अधिकारीले गरेको कुराकानी :



सांगितिक फिलमा कहिले लदेखि लाग्नु भयो ?
संगित क्षेत्रमा लागेको २०५८ साल देखी हो । २०६२,६३ साल देखी चाहि सांगितिक क्षेत्रमा व्यवसाहिक रुपमा लागेको हो । त्यो भन्दा अगाडी गाउँघर मेलापातमा गीत गाईन्थ्यो ।
तपाईको चर्चामा आएको गीत कुन हो ?
मेरो पहिलो चर्चामा आएको गीत “ए माया सरर ”पुर्वेली कान्छी” त्य।स पछि पिरतीको साईनो ,पानी मिठो यारी खोलाको ,रुपाटार सफारी ,रिस्कु सोम्बारे ,झझल्को मन भरि,बस्यो नि पिरती ,बरले भुँईछुदा लगाएत सफल र चर्चित छन् ।
पुर्वेली गीतहरु खासैवजारमा देखिदैन नि किन ?
आजभोली सर्जकहरुले गाउन छोडे । बजारमा यताकतै गाएको भेटिन्छ तर खासैचर्चा छैन । गाउन भन्दा नि पुवैली सर्जकहरु गीत कम्पोज तिर लागेर नि यो स्थिति आएको हुनुपर्छ ।
पछिल्लो समय म्युजिक भिडियो निर्देशन तिर नि लाग्दै हुनुहुन्छ ? के गीत संगीतबाट कमाई नभएर हो ?
कमाई नभएर होईन । पेशालाई अझ मझबुद पार्नलाई निर्देशन तिर लागेको हुँ । कमाई त गीत संगीतबाट पर्याप्त कमाएको छु ।
नयाँ सालमा आम दर्शक तथा स्रोतालाई प्रियजनको के छ उपहार ?
यहि बैशाख भित्र आम मेरा स्रोता तथा दर्शकहरुलाई “पछ्यौरी मलमलको” पुवैली टिपिकल लोक भाका ल्याउदैछु । आषा छ यो गित आम दर्शक स्रोताले अत्यधिक मन पराउनु हुने छ ।


Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget