Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

भारतिय अभिनेता बिनोद खन्नाको निदन \


मुम्वई । भारतिय सिने जगतका चर्चित अभिनेता बिनोद खन्नाको निदन भएको छ । भारतिय सञ्चारमाध्यमले जनाए अनुसार उनको केहि समय अगाडी मृत्यु भएको हो ।
               सन् १९४६ अक्टुबरका दिन माता कमला र पिता किशनचन्द खन्नाका सन्तानको रुपमा पाकिस्तानको पेशावरमा जन्मेका बिनोद खन्नाको पछिल्लो तस्विर जसमा उनि  आफ्नी श्रीमती र छोराको साथमा देखिएका थिए । अत्यन्त बिरामी र बिश्वास नै गर्न गाह्रो पर्ने अनुहार र शरिरमा देखिएको सो तस्विरले  उनका प्रसंशक मात्र होईन बलिउड सिने नगरी र भारतिय सञ्चार माध्यम समेत आश्चर्यमा परेका हुन् ।  ७१ बर्षको बर्षीय अभिनेता खन्ना क्यान्सर रोगको सिकार भएको खवर पनि यहि तस्बीर संगै सार्वजनिक भएपछि  उनि चर्चामा थिए  ।
                सेक्सी सन्यासीका नामले समेत चिनेने बिनोद खन्ना जन्मेको १ बर्ष पछि उनको परिवार ब्यापारको शिलशिलामा मुम्बई आएपछि उनले पनि पेशावर छोडे । नासिकको एक बोडिगं स्कुलबाट स्कुले जीवन पार गरेका अभिनेता खन्नाले सिद्धेहम कलेजबाट कमर्समा ग्रयाजुयसन गरेका थिए । बिनोद खन्नाले सन् १९६८ मा प्रदर्शन भएको चलचित्र मनका मितबाट बलिउड प्रवेश गरेका हुन् । जसमा उनि खलनायकको भुमिकामा थिए । त्यसपछि मात्र उनि सन् १९७१ मा बनेको फिल्म हम तुम और व नायकका रुपमा आएका थिए ।
              त्यसपछिको उनको अभिनय यात्रा लामो समय सम्म चल्यो ।वलिउड चलचित्रमा सुपरस्टार अभिनेता खन्ना राजनितिमा पनि सक्रिय रहे । सन् १९९७ र १९९९ मा दुईपटक पंजाबको गुरदासपुर क्षेत्रबाट भारतिय जनता पार्टीबाट सांसद बनेका खन्ना सन् २००२ मा संस्कृति तथा पर्यटनका केन्द्रीय मन्त्री समेत रहेका थिए भने त्यसकै ६ महिना पछि बिदेश मामिला मन्त्रालयका तर्फवाट राज्य मन्त्री समेत रहेका थिए ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget