Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

साताको आवाजमा नेपाली लोक गीत संगीतमा जम्दै गरेकि गायिका तथा सञ्चारकर्मी सिर्जना बर्देवासँग भोला अधिकारीले गरेको कुराकानी :



 नेपाली गीत संगीतमा लाग्नु भएको कति भयो ?

 ठिक एक बर्ष भयो एक बर्षको अन्तरालमा तिमी हिड्ने बाटो भरि,एक बोतल ले भएन,नरोउ धर्केर,मायालु लाई दिन्छु जिबन दान,त्रियुगाको पुलमा,धोका दिदैछौं, सानो सानो घर,डाडै काटेउनी जस्ता लोक भाकाहरु बजारमा आएका छन् ।

 गीत संगीतमा छाडापन शब्दहरु आईरहेका छन् , यसमा तपाईं गायिका भएको नाताले के भन्नु हुन्छ ?

 हुन त म एउटा भखरै पाईला चाल्न सुरु गरेकी गायीका हुँ । गायीका भएको नाताले भन्नु पर्दा अग्रजले जस्तो बाटो देखाउनु हुन्छ हामीले त्यस्तै बाटोमा हिड्न् सिक्नु पर्ने हुन्छ । गितसंगितमा हामी जस्तो सानो भर्खर पाउलिदै गरेका पालुवाहरुले भन्न त केही छैन तर यस्तो छाडापन सुन्न र देख्न नपरे राम्रो हुन्थियो जस्तो लाग्छ ।

तपाईं आफु के भनेर चिनिन चाहानुहुन्छ गायिका कि सञ्चारकर्मी ?
  मेरो जिन्दगीको लागी यो दुबै महत्वपुर्ण छ । किनकी म एउटा संचारकर्मि भएको नाताले नै गित संगितमा अगाडी बढ्न प्रेरणा मिलेको  छ त्यसैले संचार सगैं गितसंगित लाई पनि निरन्तर्ता दिने छु हेरौं अगाडी बढ्दै जादा संगितले या संचारले चिनाउछ ।

 सांगीतिक फिल्डमा छोरी मान्छेलाई कतिको सजिलो , अफ्ठ्यारो हुन्छ ?
 यो फिल्डमा छोरी मान्छेलाई सहज हुन्छ भन्छन तर मलाई यो लाग्दैन किनकी कुनै मान्छेको सहयोग लिएर अगाडी बढ्यिो भने हाम्रो समाजमा कुरा काट्नेहरुको कमि हुदैन । कुराकाट्ने हरुको बजारमा अगाडी बढ्न धेरै गाह्रो छ ।
 तपाईं एउटा गायिका , मोडल साथै सञ्चारकर्मी हुनुहुन्छ रु तपाईंलाई  प्रेम गर्न प्रस्ताव आएकी आएका छैनन् ?
 भनिन्छ मान्छेले अनुभव सबैकुराको लिनुपर्छ त्यसैले मोडल त मेरो अनुभव मात्र हो । म मोडल हुँ भन्दिन एउटा गायीका र संचारकर्मि भने हुँ । उम् प्रेम प्रस्ताव त एकदम धेरै आउछन तर भने जस्तो , चाहे जस्तो आउदैन्न् र मैले सिरेस्ली रुपमा नि लिने गरेकी छैन् ।

 आजभोली सेक्सलाई नर्मल रुपमा लिने चलन बढ्दै गईरहेको छ रु हजुर यसलाई कसरी लिनुहुन्छ ?

 यसलाई म नर्मल रुपमा लिदिन एक दम महत्वपुर्ण छ जस्तो लाग्छ ।

 नेपाली राजनितीमा मन पर्ने नेता छान्नु पर्दा कसलाई छान्नु हुन्छ ?
, सब लाई हेर्यो सबै उस्तै लाग्छ रोज्नु पर्दा प्रधानमन्त्री प्रचण्ड नै रोज्छु ।

 तपाईंलाई मन पर्ने नेपाली हिरो, हिरोईन को को हुन ?

 आदरणीय दाई यश कुमार,जिबन लुईटेल , दि रेखा थापा लगायत सबै मन पर्छ ।

 जीवनमा के पाए जस्तो र गुमाए जस्तो लाग्छ ?

 धेरै छन् जीबनमा पाएका खुशीहरु र गुमाएका खुशीहरु तर जति घुमाए र जति पाईरहेकी छु म तेती मै सन्तुष्टी छु ।
 आम तपाईंका स्रोता दर्शकलाई नयाँ बर्षमा के कोसेली दिदै हुनुहुन्छ ? 

 नयाँ बर्षको अबशरमा मेरा आमदर्शक स्रोतालाई केही गितहरु कोशेली स्वरुप ल्याउने प्रयासमा छु ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget