भोला अधिकारी
काठमाडौ ,१२ बैशाख ।नेपाली सिने जगतमा बिहे पछि पलायन जस्तै भएका नायिकाहरु निकै छन् । नेपाली मात्र होईन बलिउड नायिका पनि यो लहरमा कम भने छैन । नेपाली नायिकाहरु बिहे पछि चलचित्रमा कमै मात्रमा अभिनयमा फर्किएका छन् ।
त्यस्तै अर्कि नायिका जल शाह अमेरिकनसँग बिहे गरेपछि चलचित्र क्षेत्रमा फर्किने कुनै छाट काँट छैन । जल शाहले बेलाबखत भन्ने गरेकि छिन् नेपाली चलचित्रम फन्कन्छु । त्यस्तै बिवाह पछि अर्कि व्यस्त नायिकाका रुपमा आएकी सुमिना घिमिरे पनि एकाएक बिहे पछि चलचित्रमा फर्कने नाम निसानै छैन । झोला भलचित्रबाट नेपाली सिने नगरिमा चर्चा बटुलेकी गरिमा पन्त विहे गरेर विदेश गएकी अहिलेसम्म अत्तोपत्तो छैन ।
नया नयाँ अनुहार चललचित्रमा आए पनि कुनै टिक्ने खाल्का देखिदैनन् । । त्यस्श्रतै बिहे पछि पनि चलचित्र नगरिमा रहि रहेका नायिका नभएका भने होईन । थोरै मात्रामा भने रहेका छन् । करिष्मा मानन्धर, झरना थापा , रेखा थापा ,अरुणिमा लम्साल, लगाएत यस क्षेत्रमा अडिक रहेका छन् ।