विराटनगर वैशाख १३ । आज वैशाख कृष्ण पक्ष अर्थात् मातातिर्थ औंशी (आमाको मुख हेर्न दिन)। आफूलाई जन्म दिने र यो सृष्टि देखाउने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आशिर्वाद लिएर आज मुलुकभर मातातीर्थ औंसी मनाइने प्रचलन छ।
आज हिन्दु परम्परा अनुसार आमाको मुख हेर्ने दिन जन्म दिने आमालाइ मिठो भोजन गराएर आशिर्वाद लिने दिने तथा आमालाइ खुसी पार्ने येस दिनमा दारी ग्याङ्ग बिराटनगरले चाहि अलि फरक तरिकाले मातातिर्थ औसि मनाएको छ यसै दिनको अबसर पारी दारिग्याङ्गका सदस्यहरुले पुस्पलाल चोक स्थित महिला जागृति तथा बृद्धश्राममा रहेका वृद्ध आमाहरूलाइ खाना खुवाएर मातातिर्थ औसि मनाएको थियो।
दारी ग्याङ्ग बिराटनगरले यस्तो कार्यक्रम गरेको देखेर बृद्दाश्रमका आमाहरु निकै खुसी देखियका थिए। हामी नि यस्तो कार्यक्रम गर्दा आमाहरु मुहारमा खुसी देखेउ आफ्नै आमाजस्तै गर्न पायेउ भन्दै खुसी भएको उज्ज्वल भट्टराई (भुक्के भाइ), आसिस राज ढकाल र कृष्ण सन्जेल बताउछन जो यस दारी ग्याङ्गका सक्रिय सदस्य हुन।