काठमाडाैं, | साहित्यकार जितेन्द्र रसिकको सातौं साहित्यिक कृति बालकथा सङ्ग्रह ‘एङ्ग्री वर्ड’ सार्वजनिक भएको छ । अङ्ग्रेजी भाषामा उक्त कथा सङ्ग्रह सार्वजनिक भएको हो ।
स्वदेश प्रकाशन प्रालिले प्रकाशन गरेको अंग्रेजी बालकथासङ्ग्रह ‘एङ्ग्री वर्ड’ बालबालिकाको रुचीलाई ध्यानमा राखेर लेखिएको आधुुनिक बालकथा संग्रह भएको स्वदेश प्रकाशन प्रालिले बताएको छ ।
बालकथा सङग्रहमाआवरण कथा‘एङ्ग्री वर्ड’, फ्रेण्डसिप विथ रोवोर्ट, लाफिङ पेन एण्ड विपिङ कपि, कैले एण्ड सिँगौरी, पिग्गी बैंक लगायतका ११ वटा कथा सङ्ग्रहित छन् । ‘एङ्ग्री वर्ड’ बालकथा संग्रहमा आवरण र भित्रीचित्रांकन प्रज्वल थापाको संयोजनमा रहेको छ भने लेआउट रोशन महतको रहेको छ । बालकथा सङ्ग्रह ‘एङ्ग्री वर्ड’ ६४ पृष्ठको छ भने यसको मुल्य १ सय रुपैयाँ रहेको छ ।
बजारमा बालबालिकाकालागि नेपाली परिवेशका अंग्रेजीभाषाका बालकथा परिपुर्तिका लागि ‘एङ्ग्री वर्ड’ कथा संग्रह बजारमा ल्याएको लेखक रसिकले बताए ।
बालबालिकालाई पुरानै ढर्राका कथाहरु नभएर समय र कालखण्ड अनुरुप उनीहरूको मनोविज्ञान बुझेर फरक खालका कथाहरु ‘एङ्ग्रीवर्ड’ मा समावेश गरिएको र फरक सन्दर्भलाई फरक तरिकाले प्रस्तुत गरिएकाले बालबालिकालागि यो बालकथा सङ्ग्रह उपयोगी रहने रसिकले बिश्वास ब्यक्त गरे ।
लज्जावती उपन्यासका लेखकसमेत रहेका रसिकका गजल संग्रहहरु काफिया, हृदयस्पर्शी छालहरु रफाँचल संग्रहतारापुञ्ज पनि प्रकाशित छन् ।