Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

सुवेदीको ‘उत्का खसेको रात’ कवितासंग्रहको विमोचन


विराटनगर, २३ चैत । कवि शंकर सुवेदी ‘उत्स’ कवितासंग्रह उल्का खसेको रात बुधबार विराटनगरमा विमोचन गरिएको छ ।
पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले आयोजना गरेको कार्यक्रममा १०१ वर्षीया ज्येष्ठ नागरिक विष्णुदेवी दाहाल, प्राज्ञ विवश पोखरेल, दधिराज सुवेदी र एनपी आचार्यले संयुक्त रुपमा कवितासंग्रहको विमोचन गर्नुभयो । दुई दशकभन्दा लामो समयदेखि नेपाली कविता लेखनमा सक्रिय सुवेदीको उत्का खसेको रात पहिलो कवितासंग्रह हो । यसभन्दा अघि उहाँका विभिन्न पत्रपत्रिकामा फुटकर रचना प्रकाशित हुँदै आएका थिए ।
विमोचित कवितासंग्रहका बारेमा साहित्यकार कृष्ण वस्ती र भक्तिप्रसाद पौडेलले समीक्षा गर्नुभएको थियो । उहाँहरुले उल्का खसेका रातभित्रका कविताहरु सशक्त र समसामयिक भएको चर्चा गर्नुभयो ।  कवि भरत गुरागाईं र रोमा निरौलाले कृतिभित्रका कविता वाचन गर्नुभयो भने कवि हरि कट्टेलले कृतिकारको परिचय प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा प्राज्ञ एनपी आचार्य, दधिराज सुवेदी, साहित्यकार सरला चापागाईं, प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, महासचिव गोकुल अधिकारी, सचिव मीनकुमार नवोदितलगायतले संग्रहको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । कृतिभित्र विभिन्न विषयवस्तुलाई समेटेर लेखिएका ४६ वटा कविताहरु संग्रहित छन् ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget