Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

मुक्तिका लागी भन्दै हिड्ने कलाकार उषा रुदैँ रुदैँ भर्ना भइन म्यादीमा ।


काठमाडौ । कुनै समय नेपाली जनतालाई सामन्तिबाट जोगान भन्दै युद्धमा होमिएका माओबादीका कलाकारहरु यतिखेर छरप्रष्ट भएका छन् । यसै समयमा जनबादी गीत गाउनेहरु निकै जोसिएर हिडेका थिए । आज तिनै लाल सेना लडाकुहरु कोहि रुदै  रुदै हिडेका छन् भने कोही विदेशिएका छन् ।
                    यस्तै जनबादी गीत ".हुनेछ जनताको जित आउनेछ सुनौलो विहानि  पार्नेछौ सपना साकार वन्नेछ गरिवको सरकार’  ‘पुर्वमा लालि छाउदै छ गरिवको दिन अव आउदैछ ’"   कुनै बेला यस्तै यस्तै गितहरूमा खुब नाचिरहेका हुन्थीन कलाकार उषा जिसी मरे सहिद हुने बाँचे सिंगो संसार जित्ने’ सपना वोकेर युद्धमा लागेकी उनको सपनाहरूको  यतिबेला खिल्ली उडिरहेको छ । आफुलार्इ आफनै नेताहरूले दिएको मानशिक यातना र बिचारको यातनाले मरेतुल्य बनाएको छ ।यतिबेला  तत्कालिन नेकपा .माओवादीका पुर्व छापामार र माओवादी कार्यकर्ताहरुको विचल्लि सहिनसक्नु छ।

                माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनयुद्धका अन्य कमाण्डरहरु चिल्ला कार र हेलिकप्टरमा चढेर देश विदेशमा यात्रा र करोडौका वंगलामा सुखसयल सहित जिवनयापन गररहदा उनिहरुसंगै जनयुद्ध लडेका कार्यकर्ता भने आफ्नो विगतलाई धिक्कार्दै मुक्तिको सपनालाई खुम्च्याएर पुरानै समाजमा पुर्नस्थापित हुने प्रयत्नमा छन्।   हिजो प्रचण्ड वावुरामको नेतृत्वमा जस–जसलाई दलाल भनेर भाटे कारवाहि गरियो आज पार्टी प्रवेश गराएर तिनै पृष्ठभुमिका मान्छेहरु स्थानिय तहको निर्वाचनमा उठाउन तल्लिन छन्। भने प्रचण्डको निर्देशनमा उनिहरुलाई भाटे कारवाहि गर्ने पुर्व छापामारको दैनिकि ज्यालादारीमा वितिरहेको छ।   ‘हुनेछ जनताको जित, आउनेछ सुनौलो विहानि– पार्नेछौ सपना साकार वन्नेछ गरिवको सरकार’,  पुर्वमा लालि छाउदै छ, गरिवको दिन अव आउदैछ   यिनि गितहरुले यतिबेला माओवादी नेताहरूलार्इ गिज्याइ रहेको जस्तो लाग्छन । माओवादी निकट कलाकारहरूको समुह सामना सांस्कृतिक परिवारले मञ्चमा गाएर कम्व्याक ड्रेसमा नृत्य देखाएपछि वरपर झुमिएका जनतालाई दिएको आसा सपना जस्तै भएको छ ।
                   नेताहरु जनतालाई मुक्ति, समाजवाद, साम्यवाद र जनवादका सपनाहरु देखाउथे। जनताका छोराछोरीलाई मृत्यु–मुक्तिको लडाईमा लाग्न ढाडस दिन्थे। निजि जिवन भन्दा सामुहिक र सामाजिक जिवनको खुवै वकालत गर्थे। आज तिनि कलाकार कहाँ होलान रु न पार्टिलाई चाहिएको छ न त खोजेको नै छ। तिनिहरु मध्यकि एक हुन आंखामा आसु लिएर म्यादि प्रहरिमा परेड खेलिरहेकि पुर्व सामना सांस्कृतिक परिवारकि केन्द्रिय कलाकार उषा जिसि– २०५७ सालदेखि माओवादी आन्दोलनमा लागेकि अछाम जिल्लाको ढुंगाचाल्ना गाविस वर्डा नं ५ कि उषा जिसि तत्कालिन माओवादीको सांस्कृतिक संगठन सामना सांकृतिक मञ्चकि केन्द्रिय कलाकार हुन। दाई विम्म र दिदि गिता पनि माओवादीको जनमुक्ति सेनामा रहेकाले उनि पनि देश र जनताको मुक्तिको सपना देख्दै युद्धमा लागिन।   तत्काल युद्धको समयमा होस वा शान्तिप्रक्रिया पछिको समय उषाका अधिकांस दिन सर्वहारा वर्गको मुक्तिको सपना देखिएका गित संगित गाउन र तिनै गितमा नाच्नमै व्यतित हुन्थे। ‘आमा, म हजारौ आमा र ति आमाका हजारौ हजार सन्तानहरु र यो देशको मुक्ति लिएर फर्किन्छु१’ भनेर घरवाट २०५७ सालमा आफ्ना जन्मदिने आमा वावुको काख छोडेर दाई दिदिको हात समाउदै घरवाट निस्केकि उषा अहिले आफ्नो जिविकोपार्जनका लागि म्यादि प्रहरिमा तालिम लिईरहेकि छिन्। सामान्य जिवन निर्वाहको निम्ति संघर्ष गरिरहदा उनमा आक्रोसको सिमानै छैन।   कल्पना भन्दा बाहिरको जिवन बिताइरहेको महशुस गरिरहेकी उनले  तपाईले आफ्नो विगतलाई संझिदा कस्तो महसुस गर्नुहुन्छ रु भन्ने प्रश्नमा  भनिन्– “हेर्नुस जिवन यसरी पनि चल्दो रहेछ। जो कि कल्पना पनि थिएन मेरो । जनताको मुक्ति र राष्टको मुक्ति गर्ने सपना नेताहरुले देखाउदा आफ्नो सारा जिवन त्यागेर हिडियो। सवै जनता समान होलान र समान अवसर प्राप्त गर्लान भन्ने सुन्दर सपना थियो। तर गद्धारहरुले हाम्रो सपना, हामि संगै हिडेका हजारौ कमरेडहरुको रगत, घाईते साथिहरुको सरीरका अंग र वेपत्ताहरुको सपना सिंहदरवारको कुर्सिमा पुग्न वेचे। आज हाम्रो विचल्लि भैरहेको छ।
                ”   भुमिगत जिवनको १० वर्षपछि २०६७ सालमा जनयुद्धमा रेडियो पत्रकारीता गरेका अर्जुन जिसिसंग विवाह गरेकि उषा त्यसको १ वर्ष पछिसम्म पनि सामनाको केन्द्रिय टिममै पुर्णकालिन कार्यकर्ताको रुपमा काम गरिन। जिवनका उर्वर र उर्जासिल १० वर्ष क्रान्ति र परिर्वनको नाममा नेतृत्वले देखाएका गगनचुम्बी सपनाहरुमै विते।   अहिले उनिहरुको काखमा यौटा छोरो ‘अमिर’ छ। मृत्यु या मुक्तिको सपनालाई विर्सेर पुरानै समाजमा पुर्नस्थापित वन्न उनिहरुलाई निकै पिडा भएको छ। उनले भनिन् “हेर्नुस ति दिनमा हामि हाम्रो निजि जिवनको लागि लागेकै भएपनि आज एक ठाउमा पुगिन्थ्यो। देश र जनताको मुक्ति नै हुन्छ भने ठिकै छ एकवारको जिवन क्रान्तिमै लगाऔं भनियो। तर आज नेताहरुको गद्धारीले यो अवस्था आईपुग्यो। विगतका दिन र नेताहरुले देखाएको आश्वासन संझिदा ग्लानि भएर आउछ।   उषा माओवादी आन्दोलनलाई सांस्कृतिक क्षेत्रवाट यौटा उचाईमा पुर्याउन अग्रणि भुमिका निर्वाह गरेको जनवादी कलाकारहरुको सामना सांस्कृतिक परिवारकि केन्द्रिय कलाकार हुन । प्रचण्ड सहभागि थुप्रै कार्यक्रमहरुमा जनताको मुक्तिका थुप्रै गितहरुमा नृत्य प्रदर्शन गरेको विगत अहिले पनि उनको मानसपटलमा ताजै छ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget