Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

उम्मेद्धारमा उठायो माओबादीले चलचित्र ‘चपली हाइट’ अभिनेतालाई |


काठमाडौं, १२ बैशाख । चलचित्र ‘चपली हाइट’ अभिनेता राज घिमिरे स्थानीय तहमा हुन गइरहेको निर्वाचनमा वडा अध्यक्ष उमेदवार बनेका छन् । अभिनयबाट चर्चा र सफलता दुबै पाउन सफल घिमिरे अभिनय यात्रालाई थाती राख्दै राजनीतिमा होमिएका हुन् ।
घिमिरे गोदावरी नगरपालीका वडा नं ३ को अध्यक्षका लागि नेकपा माओवादी केन्द्रको तर्फबाट उमेदवार बनेका हुन् । उक्त पदका लागि उनले माओवादी केन्द्रबाट टिकट समेत पाइसकेका छन् ।
स्वास्थ्य, शिक्षा, रोजगारी र विकास नै स्थानीय तहको मुल एजेण्डा भन्ने नार घन्काउदै आएका घिमिरे स्थानिय तहमा हुने भ्रष्टचारको बिरुद्द लड्दै आएका ब्याक्ति हुन् ।
गोदावरीमा लाग्ने ‘१२ वर्षे मेला’ देखि भूकम्प पिडितलाई राहत वितरण, अस्थायी आवासको ब्यवस्था लगायत काममा क्रियासिल उनी स्थानिय माझ लोकप्रिय छन् ।
उनले वडा अध्यक्षमा आफु विजयी भएपछि पाउने मासिक तलब र सुविधाको रकम नगरका विपन्न, दलित तथा जेहेन्दार विद्यार्थीहरुको अध्यायनका लागि लगाउने घोषणा समेत गरेका छन् ।
पछिल्लो समय राजनीति र समाजसेवामा होमिएका राज अभिनयमा पनि निरन्तर रहिरने बताउँछन् ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget