काठमाडौं, १२ बैशाख । छक्का पञ्जा बनाएर चर्चै चर्चा बटुलेका कमेडियन जोडी दिपक राज गिरी र दिपा श्री निरौला छक्का पञ्जा २ निर्माण गर्ने घोषणा गरेका छन् | भर्खरै स्क्रिप्ट फाइनल गरेको चलचित्र ‘छक्का पन्जा दुई’को पनि यसै गर्ने भएका छन् ।
उनीहरुले चलचित्र ‘छक्का पन्जा दुई ’को मार्केटिङ छायाँकन हुनु भन्दा अगाडी देखि नै लागी परेका छन् । जसका लागि उनीहरुले अहिले चलचित्र भवनमा बजाउने ट्रिजरको छायाँकन गरिरहेका छन् ।
दीपक र दीपाले चलचित्रको ट्रिजर शनिबार उपत्यकाको बिभिन्न स्थानमा छायाँकन गरेका हुन् । ट्रिजरका लागि दीपकको अलवा बुद्धी तामाङ, बिकाश आचार्य लगायतले सट दिएका छन् । चलचित्रका लागि फाइनल भएको स्क्रिप्टका केही दृश्य लिएर नै ट्रिजर छायाँकन गरिएको निर्माण युनिटले जनाएको छ ।
दीपक, दीपाले चलचित्र ‘छक्का पन्जा दुई’ भन्दा पहिले ट्रिजर छायाँकन गर्नुको पछाडी पनि खास कारण पनि छ । यही अप्रिल २८ मा बलिउडको बहुप्रतिक्षीत चलचित्र ‘बाहुबली टु’ प्रदर्शनमा आउँदैछ । उक्त चलचित्र नेपालीको पनि प्रतिक्षित सुचिमा छ ।
चलचित्रको छायाँकन पनि केहि दिनमै सुरु हुँदैछ । नेपाली चलचित्रकै इतिहासमा सबैभन्दा बढी व्यापार गर्ने ‘छक्का पन्जा’ भएकोले पनि उनीहरुलाई सिक्वेल चलाउनु पर्ने प्रेसर छ ।
चलचित्रको मार्केटिङमा मात्र होइन उनीहरुले निर्माणमा पनि बिषेश ध्यान दिँदैछन् । यसपटक केहि नयाँ र केहि पुराना कलाकारलाई अभिनय गराउने उनीहरुको तयारी छ ।
दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, बर्षा राउत, शिवहरि पौडेल, केदार घिमिरे, बुद्धि तामाङ, राजाराम पौडेलको साथमा यसपटक निश्चल बस्नेत, स्वस्तिमा खड्का र स्वरुपपुरुष ढकालले चलचित्रमा काम गर्दैछन् ।
चलचित्रको छायाँकन काठमाडौ र चित्लाङमा गरिने दीपाले केही अगाडि बताएकी थिइन् । चलचित्र असोज ११ बाट प्रदर्शनमा ल्याइने बताइएको छ ।