स्थानिय चुनाब १० दिन पर सार्न, काँग्रेस प्रदेश नम्बर २ का जिल्ला सभापतिहरुले पाटीलाई दबाब |
काठमाडौं, । स्थानीय तहको निर्वाचन सार्न सत्ता साझेदार नेपाली काँग्रेसका प्रदेश नम्बर २ का जिल्ला सभापतिहरुले पाटीलाई दबाब दिएका छन् । स्थानीय तहको निर्वाचन १० दिन पछि सार्न पार्टी नेतृत्वलाई सुझाब दिएका छन् । आज बसेको भेलामा उक्त कुरा बताएका हुन ।
मधेशी मोर्चालाई सहमतिमै ल्याएर निर्वाचन गराउनुपर्ने जोड दिँदै भने । उनीहरुले त्यसका लागि आवश्यक परे निर्वाचनको मिति १० दिन पछि सार्न पनि नेतृत्व तयार हुनुपर्ने धारणा राखेका हुन् ।
स्थानीय तहको निर्वाचनमा सम्बन्धमा प्रदेश नम्बर दुईका पार्टीका केन्द्रिय सदस्य, सांसद र जिल्ला सभापतिहरुसँग शनिवार पार्टी कार्यालय सानेपामा जारी छलफलमा ७ वटा जिल्लाका सभापतिहरुले मधेशी मोर्चालाई निर्वाचनमा सहभागी गराउनु पार्टी र देश दुवैका लागि हित हुने धारणा राखेको राखेका हुन्
उनीहरुले निर्वाचन एकैचरणमा सम्पन्न गर्नुपर्नेमा पनि जोड दिएका छन । मधेशी मोर्चालाई निर्वाचनमा सहभागी गराउन आवश्यक परे १० दिन पछि निर्वाचन गर्न पनि पार्टी नेतृत्व तयार हुनुपर्ने धारणा प्रदेश नम्बर दूईका जिल्ला सभापतिहरुको रहेको नेता रमेश रिजालले जानकारी दिए ।
सरकारले स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा नसर्ने भन्दै आएको छ ।