Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

सप्तकोसीमा बगेर एक बालिकाको ज्यान गयो ।


सुनसरी । हिजो दिउसो नुहाउन परेकी एक बालिकाको बगेर मृत्यु भएको छ ।सुनसरीको बराह नगरपालिका–१ निवासी पूर्ण तामाङकी ९ वर्षीया छोरी प्रकृति तामाङ बुधबार दिउँसो २स्३० बजेतिर सप्तकोसी नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएपछि खोजतलास गर्ने क्रममा ४ :१५ बजे बगेको स्थानदेखि दुईसय मिटर दक्षिणमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।
               नदीमा साथीहरुसँगै नुहाउने क्रममा बगेकी बालिकाको लासलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रहरी टोलीले मृत अवस्थामा फेला पारेर उनको लासलाई शवपरीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको पनि जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । घटनाका विषयमा प्रहरीले स्थानीयवासीसँग सोधखोज एवम् अनुसन्धान जारी राखेको पनि कार्यालयले जनाएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget