Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

अमेरिकाको आइओवा, डिमोइनमा नेपाली नयाँ वर्षको पहिलो धमाका


आगोपाटी समाचारदाता, अमेरिका
नेपाली पात्रो अनुसार साल २०७४ को सुखद  उपलक्ष्यमा अमेरिकाको अाइओवा राज्यको सुन्दर नगरी डिमोइनसमा एक सभ्य र भव्य कार्यक्रम हुने भएको छ । अायोजक हिन्दु संस्कृति तथा शिक्षा केन्द्र, अाइओवाका अध्यक्ष टंक धितालले बताउनु भए अनुसार नयाँ पुस्तामा धार्मिक तथा सांस्कृतिक अभिमुखिकरण, मनोरञ्जन, भाषा साहित्य प्रवर्धन, संगीत, कला, र तीहरूको साधनामा शसक्तिकरणलार्इ व्यापकता दिनका निम्ति उक्त कार्यक्रम आयोजना हुने भएको हो । सोही अवसरमा स्थानिय बृद्धबृद्धाहरूलार्इ धर्म, संस्कृति, र समाज विकाशमा पुर्याउनु भएको योगदानको कदर गरेर जेष्ठ नागरिक सम्मानबाट विभूषित गरिने पनि उहाँले बताउनु भयो । गत वर्षदेखि नै चर्चामा रहेको प्रसिद्ध गीताकार राकेश काफ्लेको परिवेश रोएको बेला मुक्तक सङ्ग्रह, नव गीतकार लक्ष्मी सुवेदीका एकल शब्दहरूको गीति सङ्गालो मेरो कथा, नव गायक योगेश दाहालको गीति एल्बम साथ विमोचन तथा लोकार्पण हुने भएक छन् ।
उक्त अवसरमा हिन्दु संस्कृति एवम शिक्षा केन्द्रको तत्वाधानमा तयार पारिएको शिक्षामुलक वृत्तचित्र पश्चातापको पनि प्रदर्शनी गरिने जनाइएको छ ।  डायसपोरामा रहेको नेपाली समुदायलार्इ नेपाली भाषाको महत्व र अावश्यकतालार्इ बोध गराउने मनसायले उक्त बृत्तचित्र तयार गरिएको अायोजक संस्थाका महासचिव सोमनाथ अाचार्यले बताउनु भयो ।  ससाना बालबालिकाहरूका विभिन्न प्रस्तुतिहरू रहने उक्त कार्यक्रममा नेपाली साँस्कृति सम्पदाहरू अन्तर्गत रहेका मारूनी, संगिनी, बालन, लगायतका विभिन्न लोकभाका तथा सुमधुर साँगीतिक प्रस्तुतिहरू रहने बताइएको छ ।
यही अाउने अाइतबार अप्रेल महिनाको १६ तारिकका दिन बिहान १० बजेदेखि अपरान्ह तीन बजेसम्म 2875 University Ave, Des Monies, IA, 50311 मा अवस्थिक डार्के विश्वविद्यालयमा अायोजना हुन भनिएको  उक्त कार्यक्रम सञ्चालन गर्न अमेरिकाको न्यूह्याम्पसायरका नेपाली भाषी भूटानी साहित्यकार पुरानाघरे उपस्थित हुने जनाइएको छ । उत्तर डाकोटाका चर्चित संगीतकार डम्बर खापुङ, अर्का गीतकार प्रकाश घिमिरे, नेब्रास्काका समाजसेवी भिम गुरूङ लगायतका स्रष्टाहरू पनि उपस्थि रहने बताइएको छ । स्थानिय शहर डिमोइन्स र अासपासमा रहेका नेपाली भाषी महानुभावहरूलार्इ निशुल्क प्रवेश दिइने उक्त कार्यक्रममा उपस्थित भएकार भरपूर अानन्द लिनका निम्ति विशेष अनुरोध गरिएको छ ।  पुनरबास पछि अमेरिका पुगेका नेपाली भाषी भूटानीहरूले जातिय तथा सामाजिक पहिचान विकाशमा त्यहाँ पनि विस्तारै प्रभाव जमाउन शुरू गरेको जानकारहरू बताउँछन् । अमेरिकामामात्र जम्मा एक लाख बढी नेपाली भाषी भूटानीहरू बसोबास गर्छन् भने अमेरिकामा भएको नेपाली भाषा बोल्ने मानिसहरूको कुल संख्याको एक चाैथाइ संख्या नेपाली भाषी भूटानीहरूले ओघटेका छन् ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget