भुकम्पपीडित तथा सहयोगी समाजद्वारा धुर्मुस –सुन्तली सम्मानित
अनिष्मा बस्नेत
मंगलबार भुकम्पपीडित तथा सहयोगी समाजले रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको महाभुकम्पको दोस्रो वार्षिकीका दिन धुर्मुस–सुन्तलीलाई समाजका अध्यक्ष तथा कार्यक्रमका सभापति चन्द्र साउद र कार्यक्रमका प्रमुख अतिथि ऋषि धमलाले सम्मान गरेका छन् ।
उक्त कार्यक्रममा सम्मानित सिताराम कट्टेल(धुर्मुस)ले महाभुकम्प गएको दुई वर्ष वितिसक्दापनि भुकम्प प्रभावित जिल्लाहरुको पूननिर्माण सम्पन्न नभएकोप्रति दुःख व्यक्त गरे ।
साथै उनले भने,‘पूर्ननिर्माणको लागि ठूला–ठूला विदेशी सहायता आए पनि सरोकारवाला गैरजीम्मेवार हुनाले पूर्ननिर्माणले गति लिन नसकेको बताए ।
विनाशले विकासको मुल फुटाउँछ भनेजस्तै हाम्रो देशले पनि महाभुकम्पलाई अवसरमा परिणत गर्न सक्नुपर्दथ्यो तर सकने । उनले भने पूर्ननिर्माणका निमित्त बनेको राष्ट्रिय पूर्ननिर्माण प्राधिकरणमा समेत राजनीतिकरण भएकोमा दुखेसो समेत पोखेउनले पार्टीको झण्डाभन्दापनि देशको झण्डा ठूलो भएकोले पीडितको नाममा कसैलेपनि राजनीति गर्न नहुने धारणा राखे । त्यस्तै सगरमाथा र गौतम बुद्धको कारण नेपालमा पर्यटक आउने गरेको उल्लेख गर्दै पूर्ननिर्माण तिब्र रूपमा देशैभरि सम्पन्न गर्न सकेको भए सुन्दर नयाँ संरचना हेर्न पर्यटकहरु आउने थिए । तर यस तर्फ कसैको पनि ध्यान नगएको भन्दै चिन्ता व्यक्त गरे। साथै अहिलेपनि आफूहरुलाई जिम्मा दिए एकवर्षदेखि डेढवर्षको अबधिमा तोकिएकै समयमा भुकम्प प्रभावित सबै जिल्लामा पूर्ननिर्माण गर्न सक्ने धारणा राखे ।
कुञ्जना घिमिरे त्यस्तै कार्यक्रममा सम्मानित भएकी कुञ्जना घिमिरे (सुन्तली) ले डरलाई शक्तिमा परिणत गरेर मनलाई शुद्धिकरण गर्दै अरुको लागि जिउनुको मज्जा नै अर्के हुने बताउँदै आफूहरुले पनि सहयोगी मनहरूको साथ लिएर पूर्ननिर्माणको काममा जुटेको बताउँदै अर्काको दुःखमा मल्हम लगाउने काममा जुट्न सबैलाई आग्रह गरिन् । साथै यसरि सम्मानित हुन पाउँदा निकै गौरव महशुस भएको र यसले थप उर्जा र चूनौति थपिएको व्यक्त गरिन ।
त्यस्तै समाजका अध्यक्ष चन्द्र साउदले पुर्णनिर्माणको काममा सरकारले चासो नदिएकोमा दु:ख व्यक्त गर्नको साथै आगामी दिनहरूमा आफ्नो संस्था धुर्मुस-सुन्तली फाउन्डेसनसगँ हात्मालो गर्दै पुर्णनिर्माणमा अगाडि बढ्न तयार रहेको भन्दै आज धुर्मुस -सुन्तलीलाई सम्मान गर्न पाएकोमा निकै खुसी समेत व्यक्त गरे ।