सरकार फकाउदै प्रतिपक्षी दल एमालेलाई |
काठमाडौं, १६बैशाख । सरकारले स्थानीय तहको संख्या वृद्धि गर्दै संविधानको दोश्रो संसोधनलाई टुंगोमा पुर्याई निर्वाचनको वातावरण बनाउनका लागि राजनीतिक सहमति जुटाउन लागी परको छ । आज प्रचण्ड र कमल थापापछि केपी ओलीलाई फकाउन बालकोटमै पुगे थिए शेर बहादुर देउवा ।
विधान संशोधनमा एमालेलाई मनाउने प्रयासस्वरुप देउवासहितका कांग्रेस नेताहरु बालकोट पुगेका हुन् । यद्यपी संशोधनप्रति सकारात्मक नरहेको एमाले र सोपार्टीका अध्यक्ष ओलीले प्रस्ताव थप प्रतिगामी रहेको भन्दै समर्थन गर्न नसकिने जवाफ फर्काएको एक कांग्रेस नेताले बताए । प्रतिपक्षी दल एमालेको विरोध पछि तराईका ११ जिल्लामा जनसंख्याका आधारमा गाउपालिका, नगरपालिका तथा वडाको संख्या पुर्नसंचना गरि पठाउन दिएको निर्देशन फिर्ता लिएको सरकारले फेरी सोही निर्णय केन्द्रबाट नै गर्ने गरि सहमति जुटाउन पहल गरिरहेको छ ।
यसअघि प्रधानमन्त्री प्रचण्डसहितका माओवादी नेताहरुले एमाले नेतृत्वसँग लगातार दुई दिन छलफल गरेको भएपनि संशोधन पास हुन नदिने एमाले अडान राख्दै आएको थियो । पछिल्ले पटक यही विषयमा शुक्रबार अबेरसम्म पनि बालुवाटारमा दुई पक्षबीच छलफल चलेको थियो । तर सबै छलफलमा एमालेले आफ्नो अडान नछाडेको नेताहरुले बताएका छन् ।
सोही प्रयासमा विहिबार सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले पनि एमाले अध्यक्ष केपी ओली संग भेट गरेका थिए । एमाले संसदीय दलको कार्यालयमा भएको भेटमा स्थानिय तहको पुर्नसंरचना, मधेसी मोर्चाको माग सम्बोधन, चुनावको सुनिश्चितता लगायत विषयमा छलफल भएको थियो । तिनै दलका नेताले छलफल सकेर बाहिरीने क्रममा अध्यक्ष ओली र उपप्रधानमन्त्री थापाले हर्षित मुद्रामा हात समेत मिलाएको फोटो सार्वजनिक भएको थियो ।