देशका विभिन्न ठाउमा हावाहुरी र बर्षा कृषक भए चिन्तित ।
काठमाडौ । हिजो काठमाडौ लगाएत विभिन्न ठाउँमा पानी र चट्याङ परेको छ । त्यस्तै आज विहान जनकपुरमा असिना सहित बर्षा भएको छ ।
हावाहुरी सँगै बर्षा र ठुल ठुला असिना पर्दा जिल्लाको कृषिमा ठुलो असर परेको छ ।कतिपयको हावाहुरी घरका छाना उडाएको छ । टाढा टाढा हिडेका यात्रुहरु बाटो अलपत्र परेका थिए । हिजो नेपालका विभिन्न ठाउमा असिना पानी सहित बर्ष भएको थियो ।
त्यस्तै हिउदेबालीलीमा उत्त असिनापानीले निकै क्षती गरेको छ । आलु गहँु जस्ता हिउदेबालीमा असिनाले चुटेपछि कृषक मारमा परेका छन् ।